‘राजा डिलक्स’ मा आफूभन्दा १६ वर्षे कान्छी अभिनेत्रीसँग रोमान्स गर्दैछन् प्रभास

एजेन्सी : प्रभासको बहुप्रतिक्षित फिल्म ‘राधे श्याम’ अन्तत: मार्च ११ तारिखमा रिलिज हुने तय भएको छ। यसैबीच प्रभास नयाँ फिल्ममा देखिने चर्चा चलेको छ। प्रभास एक कमेडी ड्रामा फिल्म ‘राजा डिलक्स’ मा देखिँदैछन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार फिल्ममा उनी अभिनेत्री मेहरीन कौर पीरजादासँग देखिनेछन्। फिल्म मेकर्स र पीरजादाबीच फिल्मको रोलबारे वार्तालाप भईसकेको बताईएको छ। यदि मेहरीनले रोल स्वीकार गरिन् भने प्रभासले मेहरीनसँग रोमान्स गर्नेछन्। भारतीय मिडिया रिपोर्ट्स अनुसार प्रभासले यो फिल्ममा एक हैन तीन अभिनेत्रीसँग रोमान्स गर्नेछन्।

रिपोर्टका अनुसार फिल्मको स्टारकास्टको छिट्टै टुङ्गो लाग्नेछ र मेकर्सले फिल्मको औपचारिक घोषणा गर्ने बताइएको छ। मेहरीनको कुरा गर्ने हो भने उनी फिल्म मान्ची रोजुलोचाई (Manchi Rojulochaie) नामको फिल्ममा देखिएकी थिईन्। यसबाहेक उनी एफ३ नामको एक कमेडी फिल्ममा देखिनेछिन्।

यतापट्टी प्रभासको पोल्टामा भने धेरै फिल्महरु छन्। उनी आदिपुरुषमा देखिनेछन् जसमा सैफ अली खान र कृति सेनन पनिहुनेछन्। यस बाहेक उंको फिल्म ‘सालार’ पनि लाइनमा छ, जसलाई फ्यान्सले व्यग्रताको साथ प्रतीक्षा गरिरहेका छन्। केही दिन अघि उनको फिल्म स्प्रिट (Spirit)को पनि घोषणा गरिएको थियो। अब राजा डिलक्समा प्रभासको कमेडी देख्न पाइनेछ। जबकि करिब एक दशकपछि राधे श्याममा प्रभास रोमान्टिक अवतारमा देखिनेछन्। यो फिल्ममा उनीसँगै पूजा हेगडे मुख्य भूमिकामा छिन्।

प्रकाशित : बिहिबार, माघ २७, २०७८१५:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अविवाहित लता मंगेशकर सिउँदोमा कसको नामको सिन्दुर लगाउँथिन् ?