अविवाहित लता मंगेशकर सिउँदोमा कसको नामको सिन्दुर लगाउँथिन् ?

एजेन्सी : सुनिरहुँ लाग्ने कोकिलकण्ठ स्वरकी धनी प्रख्यात भारतीय गायिका लता मंगेशकरको आइतबार फेब्रुअरी ६ तारिख बिहान निधन भएको छ। उनको निधनले सङ्गीतको एक युग समाप्त भएको छ। भाषा र भूगोलले छेक्न नसकेको एउटा सांगीतिक युगको महाप्रस्थानले सङ्गीतप्रेमीलाई स्तब्ध बनाएको छ। ‘स्वर कोकिला’ लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएपछि उनका किस्साहरुले अहिले चर्चा पाइरहेको छ।

लता मंगेशकर आफ्ना भाईबहिनीमध्ये सबैभन्दा जेठी थिईन्। उनका तीन बहिनी मीन, उषा र आशा छन्। उनका एक भाई हृदयनाथ छन्। लताले पिताको मृत्युपछि घरकी जेठीबाठी भएको नाताले पूरा परिवारको जिम्मेवारी सम्हालेकी थिईन्। लता मंगेशकरले कहिल्यै विवाह गरिनन् तर उनले आफ्नो सिउँदोमा सधैँ सिन्दुर लगाउँथिन्।

लता मंगेशकरको सिउँदोमा सिन्दुर देखेर मानिसहरु आश्चर्यचकित पर्थे। अविवाहित लताको सिउँदोमा सिन्दुर देखेर मानिसहरु सोच्न बाध्य हुन्थे कि आखिर किन लता दिदीले सिन्दुर लगाउँथिन् त। लता मंगेशकरले यसबारे कहिल्यै खुलेर कुरा गरिनन्। आफ्नो समयकी दिग्गज अभिनेत्री तबस्सुमले एक अन्तर्वार्तामा लता जीले सिन्दुर लगाउनुको कारण बताएकी थिईन्।

अभिनेत्री तबस्सुमले लताजीले सिउँदोमा सिन्दुर लगाउनुको कारण खुलाउँदै भनेकी थिईन् – ‘एकपटक मैले लताजीलाई सोधेकी थिई कि दिदी तपाई अविवाहित नै हुनुहुन्छ तर तपाईले सिउँदोमा किन सिन्दुर लगाउनुहुन्छ , यो सिन्दुर कसको नामको हो ?’

तबस्सुमको प्रश्नको सुनेर लता मंगेशकरले मुस्कुराउँदै भनिन् – ‘बेटा, सङ्गीत मेरो सबथोक हो। संगीत छैन भने मेरो पनि अस्तित्व छैन। मेरो लागि पति परमेश्वर भनेकै सङ्गीत हो। त्यसैले सङ्गीतको नामको सिन्दुर म आफ्नो सिउँदोमा भर्छु।’

प्रकाशित : बिहिबार, माघ २७, २०७८१६:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पहिलेकै अन्दाजमा फर्किईन् मिया खलीफा, बाथरुमबाट बाहिरियो यस्तो तस्विर