हनिमुनको मज्जा लुट्दै मौनी, शेयर गरिन् अविस्मरणीय पलका तस्बिरहरु

एजेन्सी : बलिउड नायिका तथा टेलिभिजनकी चर्चित कलाकार मौनी रोय सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनले गत महिना २७ जनवरीमा सूरज नाम्बियारसँग विवाह गरेकी थिईन्। उनको विवाह र त्यसपछिको पार्टीको फोटोले अझैँ सामाजिक सञ्जालमा हङ्गामा मच्चाईरहेको छ। ३६ वर्षीय अभिनेत्री मौनीले आफ्नो लोभलाग्दो जवानीको विशेष ख्याल राख्छिन्। वैवाहिक बन्धनमा बाँधिएको दुई हप्ता नपुग्दै मौनीले मोनोकिनीमा आफ्ना बो_ल्ड तस्बिरहरु शेयर गरेकी छिन्। यी तस्बिरहरुमा उनले आफ्नो लोभलाग्दो जिउडालको राम्ररी प्रदर्शन गरेकी छिन्। एक युजरले उनको पोस्टमा कमेन्ट गर्दै लेखेका छन् – ‘बाहिर बरफ जमिरहेको छ, भित्र यिनले आगो लगाईन्।’  हेर्नुहोस मौनीका मनमोहक तस्विरहरु ।

हनिमुन मनाउन अहिले मौनी रोय भारतको केन्द्रशासित जम्‍मू-कश्‍मीर प्रदेशको एक हिलस्टेशन गुलमर्गमा पुगेकी, जहाँ अहिले हिमपात भईरहेको छ। मौनीले विगत केही दिनदेखि हिउमा मस्ती गरिरहेको तस्बिरहरु शेयर गरिरहेकी छिन्।

नागिन अभिनेत्री मौनी आफ्नो कि;-*लर लुकका लागि चिनिन्छिन्। नागिन देखि लिएर अहिलेसम्म  फ्यानहरूले उनलाई र उनको स्टाइललाई निकै मन पराउँछन्।

मौनीको फेशन सेन्सले एक से एक अभिनेत्रीहरुलाई फेल गराउँछ। सामाजिक सञ्जालमा उनको तस्बिरले राम्रो प्रतिक्रिया पाईरहेको हुन्छ।

इन्स्टाग्राममा मौनी रोयका २१.८ मिलियन फलोअर्स छन्। आफ्ना फ्यानहरुलाई भिजुअल ट्रिट दिनको लागि भनेर पनि मौनी दिनहुँजसो सामाजिक सञ्जालमा फोटो शेयर गर्छिन्।

प्रकाशित : बिहिबार, माघ २७, २०७८१४:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘राजा डिलक्स’ मा आफूभन्दा १६ वर्षे कान्छी अभिनेत्रीसँग रोमान्स गर्दैछन् प्रभास