एजेन्सी : बलिउड अभिनेत्री तथा आफ्नो उत्कृष्ट नृत्य कौशलका लागि प्रसिद्ध नोरा फतेही दिनहुँ सामाजिक सञ्जाल एवं सञ्चार माध्यममा चर्चाको खुराक बन्छिन्। चर्चाको केन्द्रबिन्दुमा रहने उनी एकपटक सधैँझैँ टक अफ टाउन बनेकी छिन्। अहिले नोराको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ, जसमा मानिसहरुले उनको चालमा सवाल उठाइरहेका छन् ।
नोरा फतेहीको इन्स्टाग्राममा भाइरल भइरहेको भिडियोमा उनले सेतो शर्ट र निलो स्किन टाइट जिन्स लगाएकी छिन्। साथै उनले ह्याण्ड ब्याग पनि बोकेकी छिन। उनले आफ्नो कपाल खुल्ला छोडेकी छिन्। उनले हल्का मेकअप पनि गरेकी छिन।
नोराको फतेहीको यो भिडियो भाइरलभयनी नामको इन्स्टाग्राममा अकाउन्टमा शेयर गरिएको छ। नोरा फतेहीको यो भिडियोमा मानिसहरुले सकारात्मक एवं नकारात्मक दुवै खाले प्रतिक्रिया दिएका छन्। एक फ्यानले उनको सुन्दरताको प्रशंसा गर्दै ‘वाह’ लेखेका छन् भने अर्का एक फ्यानले उनको हिड्ने चालमा औँला उठाएका छन्। उनले लेखेका छन् – ‘यिनी किन सिधा हिड्दिनन्।’
हालै नोरा फतेहीको ‘डान्स मेरी रानी’ भिडियो सार्वजनिक भएको थियो। यो गीतको भिडियोमा उनीबाहेक गुरु रन्धावाको पनि महत्वपूर्ण भूमिका थियो। सङ्गीतप्रेमीहरुले उनको गीत र भिडियोलाई निकै मन पराएका थिए। नोराले अहिलेसम्म थुप्रै कलाकारहरुसँग काम गरिसकेकी छिन्।