चाणक्य नीति: जीवनसँग सम्बन्धित यी कुराहरू कहिले कसैलाई नभन्नुस्, अन्यथा पर्नेछ घाटा बेहोर्न !

आचार्य चाणक्यको नीतिमा जीवनसँग सम्बन्धित धेरै महत्त्वपूर्ण कुराहरूको बारेमा बताइएका छन्। नीति शास्त्रमा चाणक्यले सम्बन्ध, व्यक्तिगत जीवन, व्यापार, जागिर, मित्रता र शत्रु आदिको विषयमा आफ्नो विचार व्यक्त गरेका छन् । चाणक्यले नीति शास्त्रमा यस्ता ४ कुराको उल्लेख गरेका छन्, व्यक्तिले भुलेर पनि आफ्ना यस्ता कुरा अरुलाई भन्नु हुँदैन । किनकी व्यक्तिले यस्ता कुरा अरुलाई भन्दा जीवनमा धेरै दुख पाउने मान्यता रहेको छ ।

वैवाहिक जीवनसँग सम्बन्धित कुराहरु
दाम्पत्य जीवनसँग सम्बन्धित कुराहरू केही कुरा पति-पत्नीबिच मात्र रहनुपर्छ। यि कुराहरु अरुलाई भनेमा दाम्पत्य जीवनमा धेरै समस्या आउन सक्छ । यस्तो अवस्थामा वैवाहिक जीवनसँग सम्बन्धित कुराहरू कसैलाई भन्ने नगर्नुहोस्। जतिसुकै नजिकको साथी किन नहोस् ।

आफ्नी दुख अरुलाई नभन्नुहोस्
आफूलाई परेको दु:ख बढ्नको लागि मानिस अनेक सहारा लिने गर्दछ । दु:खमा परेको समयमा प्राय: मानिस आफ्नो नजिकको मानिससँग दुख साट्ने गर्दछ ।

आर्थिक नोक्सानीको कुरा
जीवनमा कुनै-कुनै समयमा यस्तो समय आउँछ जब मानिस आर्थिक समस्याबाट गुज्रिएको हुन्छ । यस्तो अवस्थामा कति पटक अन्य मानिसबाट आर्थिक सहायता लिन पर्ने हुन्छ । यस अवस्थामा भएका कुरालाई आफूसँग मात्र राख्ने गर्नु पर्छ ।  वास्तवमा यस्तो अवस्थाको बारेमा अन्य मानिसलाई भनेमा मानिसहरु टाढिन थाल्छन् साथै यस्ता कुरा एकबाट अर्कोमा फैलिन समय लाग्दैन ।

धन सम्पत्ति सम्बन्धी जानकारी 
चाणक्य नीतिका अनुसार आफूसँग भएको धन र सम्पत्तिको जानकारी कसैलाई दिनु हुँदैन । आफूसँग भएको धन अरूलाई बताएमा मानिसहरूले ईर्ष्या गर्न थाल्छन्। यस्तो अवस्थामा धन सम्पत्तिसँग सम्बन्धित कुराहरू गोप्य राख्नुपर्छ ।

प्रकाशित : बुधबार, माघ २६, २०७८१४:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज बुधाष्टमी : बनेको छ सर्वार्थसिद्धि र ब्रह्मयोग, कुण्डलीको बुध दोष हटाउन यसो गर्नुस्