काठमाडौँ : ज्योतिष शास्त्रका अनुसार सन् २०२२ को फेब्रुअरी महिनामा कुल ४ ग्रहको राशि परिवर्तन खास हुने भएको छ। गत ४ फेब्रुअरी(माघ २१ गते)मा बुध ग्रह कुम्भ राशिमा मार्गी भईसकेको छ। आउँदो १३ फेब्रुअरी(फाल्गुन १ गते)मा सूर्यदेव कुम्भ राशिमा प्रवेश गर्नेछ। त्यसपछि १९ फेब्रुअरीमा बृहस्पतिदेव कुम्भ राशिमा अस्त हुनेछ। मङ्गल ग्रह २६ फेब्रुअरीमा मकर राशिमा प्रवेश गर्नेछ र धनको कारक ग्रह शुक्रदेव २७ फेब्रुअरीमा मकर राशिमा प्रवेश गर्नेछ। यी चार ग्रहको राशि परिवर्तनका कारण कतिपय राशिका जातकले सावधानी अपनाउनुपर्नेछ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
अहिले मेष राशिको दशौँ भावमा बुध र शनिदेव विराजमान छन्। जसको प्रभावले कार्यस्थलमा अपार सफलता मिल्नेछ। व्यापार-व्यवसायमा नयाँ आर्थिक उचाई हासिल गर्नुहुनेछ। यद्यपि पारिवारिक जीवनमा केही कठिनाईको सामना गर्नुपर्नेछ। यसका साथै आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
सिंह राशिको कुण्डलीमा राहु ग्रहको उपस्थिति रहेको छ। जसकारण नोकरी र व्यापारका कामकाजमा प्रतिकूल असर पर्नेछ। साथै आर्थिक स्थिति धेरै हद सम्म प्रभावित हुन् सक्छ। यद्यपि मसान्तसम्म आर्थिक स्थितिमा सुधार आउनेछ। दाम्पत्य जीवनमा कठिनाइको सामना गर्नु पर्नेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
यो महिनामा ४ ग्रहहरुका गोचरले मकर राशिका जातकहरुलाई समस्यामा पार्न सक्छ। गुरु र शनिको संयोगले काममा उतारचढाव आउनेछ। विद्यार्थीको अध्ययन-अध्यापनमा समस्या आउनेछ। पारिवारिक समस्यामा सजग रहनुपर्नेछ। यसबाहेक व्यापारमा धन-हानिको योग छ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
कुम्भ राशिका जातकहरुलाई चतुर्गही योगको कारण जीवनमा समस्या आउनेछ। यद्यपि कुण्डलीको सातौँ भावमा बृहस्पतिको उपस्थितिले व्यवसायमा आर्थिक सफलता प्राप्त हुन् सक्छ। दाम्पत्य जीवनमा जीवनसाथीसँग विवाद हुन् सक्छ। ग्रहको गोचर अवधिमा सावधानी अपनाउनुहोला।