एजेन्सी : बलिउड अभिनेत्री कट्रिना कैफ गत वर्ष डिसेम्बर ९ मा विक्की कौशलसँग वैवाहिक बन्धनमा बाँधिएकी थिईन्। बिहेदेखि नै यी नवविवाहित जोडी आफ्नो प्रोफेशनल लाइफमा व्यस्त छन्। कामको प्रतिबद्धताका कारण दुवैजनाले एक-अर्कालाई पर्याप्त समय दिन सकिरहेका छैनन्।
कहिले विक्की आफ्नो फिल्मको सुटिङमा व्यस्त हुन्छन् त कहिले कट्रिना आफ्नो सुटिङमा । विवाहपछि यी दुईले कमै समय सँगै बिताएका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार विवाहको पहिलो मासिकोत्सव मनाउन कट्रिना इन्दौर पुगेकी थिईन्, जहाँ विक्की आफ्नो फिल्मको सुटिङ गरिरहेका थिए।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार विवाहपछि कट्रिनाले आफ्नो पहिलो भ्यालेन्टाइन डे विक्की कौशलसँग मनाउन पाउने छैनन्। यसको कारण सलमान खानलाई मानिएको छ। खासमा कट्रिना सलमान खानसँग आफ्नो आउँदो फिल्म ‘टाइगर ३’ को शूटिङमा व्यस्त हुनेछिन्, जुन कोरोनाको कारण स्थगित भएको थियो।
अहिले ‘टाइगर ३’ को अन्तिम शेड्युलको शूटिङ बाँकी छ, जसको शूटिङमा दिल्लीमा हुनेछ। ‘टाइगर ३’ को निर्माताले फिल्मको अन्तिम शेड्युल फेब्रुअरीमा राखेका छन्, जुन १५ दिनको हुनेछ। यहीँकारण भ्यालेन्टाइन डेमा कट्रिना कैफ सलमानसँग फिल्मको सुटिङमा व्यस्त हुनेछिन्।