बलिउडमा कुनै अभिनय भन्दा पनि विभिन्न कारणले तथा सामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीरको कारण चर्चामा आउने अभिनेत्री कंगना रनौत पुन: एक पटक चर्चामा आएकी छिन् । यस पटक अभिनेत्री यस्तो ड्रेशमा देखिएकी छिन् जसलाई देखेर सबै मानिसहरु निकै अनौठो मानेर हेरिरहेका छन् ।
कंगना रनौत अब छिट्टै ओटीटी डेब्यु गर्न लागेकी छिन्। बलिउड अभिनेत्री कंगना यस पोशाकमा नयाँ रियालिटी शो ‘लक अप’ सहभागी हुन पुगेकी थिइन् । कंगना रनौत हाइ स्लि-ट गाउनमा शोको कार्यक्रममा पुगेकी थिइन् । हेर्नुहोस् अभिनेत्री कंगनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेका केही तस्वीर….
कंगना रनौत चाँडै एकता कपूरको आगामी ओटीटी रियालिटी शो ‘लक अप’ होस्ट गर्दै देखिनेछिन्।
यस शोको प्रिमियर हिजो राति ठूलो सङ्ख्यामा उपस्थित स्टारर लाककारको बिचमा आयोजना गरिएको थियो, जहाँ एकता कपुरसँगै कंगना रनौत पनि कार्यक्रममा सहभागी भएकी थिइन् ।
यस कार्यक्रममा कंगना सिल्भर कलरको हाइ स्लिट गाउनमा देखिएकी थिइन् । यस पटक भने अभिनेत्रीको हेयरस्टाइल अन्य समयको भन्दा फरक देखिन्थ्यो ।
कंगनाले सामाजिक सामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीर अहिले निकै भाइरल भएका छन् । अभिनेत्रीको यस अनौठो रुपाको मानिसले लगातार ट्रोल बनाइ रहेका छन् ।