माघ महिनालाई किन पवित्र मानिन्छ ? नदीमा स्नान गरी दान दिँदा पाप नष्ट हुने विश्वास

काठमाडौँ : हिन्दू धर्मअनुसार अरु महिनाभन्दा  माघ महिनाको विशेष महत्व हुने गर्दछ । यस महिनालाई दान-पुण्य, धर्म-कर्म र त्यागको महिना मानिन्छ । माघ नक्षत्रको नाममा यस महिनाको नाम माघ हुने गर्दछ । हिन्दू पञ्चाङ्गको अनुसार यस महिनामा मानिसले कम से कम एक पटक कुनै पवित्र नदीमा स्नान गर्नु पर्दछ । शास्त्रको अनुसार यस महिना पूजा-अर्चना र स्नान ध्यान गर्नाले पुण्य लाभ मिल्नेछ । माघ महिनामा नै षट्तिला एकादशी आउने गर्दछ ।

यस दिन जलमा तिल राखेर स्नान गर्ने परम्परा रहेको छ । यस दिन कालो तिलबाट बनेको साम्रगीलाई दान दिने गरिन्छ । यसो गर्नाले कैयौ पापहरु नाश हुने मान्यता रहेको छ । यस महिनामा शुक्ल पक्ष अष्टमीलाई भीमाष्टमी पनि भनिने गरिन्छ । मान्यता अनुसार यस दिन भीष्म पितामहले सूर्यको उत्तरायण हुने बेलामा आफ्नो प्राण त्याग गरेका थिए । र यस दिन स्नान, दान र पूजा-अर्चना गर्नाले सबै पाप नष्ट हुने विश्वास रहेको छ ।

यस महिना कृष्ण पक्षमा मौनी अमावस्या अनि आउने गर्दछ र यसमा पुरै दिन मौन धारण गर्ने परम्परा रहेको छ । साथै यसै महिनामा वसन्त पञ्चमीपनि पर्दछ । यस दिन विद्या, बुद्धि, ज्ञानकी देवी सरस्वतीको पूजा गरिन्छ । विद्यार्थीको लागि यो दिन विशेष महत्व हुने गर्दछ । माघ महिनामा नै शुक्ल पक्षको अचला सप्तमीमा व्रत राखिने गरिन्छ । सप्तमको अचला भानू सप्तमी पनि भनिने गरिन्छ र यसलाई निकै शुभ मानिन्छ । यसको अलावा यस महिनामा माघी पूर्णिमा पनि आउने गर्दछ ।

यस दिन चन्द्रमा आफ्नो १६ सोह्र कलाबाट सुन्दर हुँदै अमृतको वर्षा गर्ने बिश्वास रहेको छ । यसको अंश रुख, नदि, जलाशय र वनस्पतिमा हुने गर्दछ। त्यसैले  यस महिनामा सबै रोगबाट मुक्ति दिलाउने गुण उत्पन्न हुने गर्दछ । मान्यता यो पनि रहेको छ कि माघ पूर्णिमामा स्नान र दान गर्नाले सूर्य र चन्द्रको दोषबाट मुक्ति मिल्नेछ ।

प्रकाशित : बिहिबार, माघ २०, २०७८२१:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

केही क्षणमै मृ-त्युको मुखमा धकेल्छ यस्ता ३ कुराले, सधैँ रहनुहोस् सावधान