जीवन अनमोल भएको हुँदा सानो गल्तीले मृत्युको मुखमा फस्नु वा ज्यान गुमाउनु राम्रो होइन । त्यसैले महान विद्वान आचार्य चाणक्यले आफ्नो नीति शास्त्रमा यस्ता तिन चिजको बारेमा बताउनु भएको छ । जसबाट मानिस सधैँ टाढा रहनु पर्दछ । अन्यथा यी कुराहरूले मानिसको सुख सयल जीवनमा ग्रहण लगाउन सक्छ ।
आज हामी यस लेख मार्फत चाणक्य नीतिमा उल्लेखित तिन कुराको बारे बताउने छौँ । जुन मानव जीवनको लागि खतरा हुन सक्छ।
हरेक कुराको जवाफ दिने सेवक: पुरानो जमानामा महाराजा र धनी सेठको घरमा मात्र नोकर हुने गर्दथ्यो तर आजको जमानामा हरेक घरमा कामको सहायताको लागि सेवक राखिन्छ । घरको हरेक कुराको जानकारी भएको सेवक निकै खतरानाक हुन सक्छ । यदि यस प्रकारका नोकर हरेक कुराको जवाफ दिने र कुरालाई यता उता घुमाउने गर्दछन् भने यस प्रकारका नोकर निकै धातक हुन सक्छन् । यस प्रकारका मानिसले आफ्नो मालिकको गोपनीयता कसैलाई पनि बताउन सक्छन् । जसको कारण तपाइले वर्षौ लगाएको कमाएको इज्जत केही क्षणमा माटोमा मिल्न सक्छ ।
मूर्ख साथी: असल र सच्चा साथीले तपाईको जीवनको हरेक समयमा साथ दिएर सुखी बनाउन सक्छ भने मूर्ख साथीले तपाईको जीवनमा सोचे भन्दा धेरै दुःख भर्न सक्छ। त्यस्ता मूर्ख साथीहरूले तपाईंलाई कुनै पनि समयमा समस्यामा पार्न सक्छ। साथै, तपाईको काममा बाधा सिर्जना गरेर तपाईलाई समस्यामा पार्न सक्छ । त्यसैले मूर्ख साथीबाट सधैँ टाढा रहनुहोस्।
घरमा सर्पको वासस्थान: घरमा सर्पको बास्थान हुनु निकै अशुभ मानिन्छ । त्र्यसैले सर्प सम्बन्धी कुनै पनि जतिसुकै ठुलो विशेषज्ञ होस् । घरमा सर्प राख्ने मानिसको जीवन सधैँ खतरामा हुन्छ । त्यसैले त्यसैले सर्प भएको घरमा कहिल्यै नबस्नुहोस् र सर्पलाई घरमा बस्न नदिनुहोस् ।