बलिउड अभिनेत्री तथा डान्सर मलाइका आरोडा पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय हुन् थालेकी छन् । मलाइका समय-समयमा उनले लगाएको पहिरनको कारण चर्चामा आउने गरेकी छिन् । मलाइका उमेरले ४५ पार गरे पनि आफूलाई जसरी सम्हाल्दै आएकी छिन्, त्यो हेर्दा उनको बढ्दो उमेर रोकिएको जस्तो देखिन्छ ।
फेरि एक पटक मलाइकाले आफ्नो पहिरनले सामाजिक सञ्जालमा तहल्का मच्चाएकी छिन् । यस पटक अभिनेत्री मानिसहरु बिचमा आलोचित भएकी छिन् । अहिले मलाइकाको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । यसमा उनी करीना कपूर र बहिनी अमृता आरोडाको साथमा देखिएकी छिन् ।
त्यस समयमा देखिएका यी तिन मध्य मलाइकाले लगाएको कपडा निकै बो-:ल्ड देख्न सकिन्छ । वास्तवमा, उनले ब्रालेस भएको स्किन टाइट क्रप टप लगाएकी थिइन्, जुन निकै बोल्ड थियो। जसका कारण उनी कारमा बस्दै गर्दा मानिस हरुको अगाडी लज्जित हुनु परेको थियो ।
मलाइका अरोराको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । उनको पहिरनलाई लिएर मानिसहरुले अश्लील टिप्पणी गरेको देखिन्छ । तर, मलाइकाले यस्तो पहिरन लगाएको यो पहिलो पटक भने होइन । उनी हरेक दिन आफ्नो पहिरनका कारण चर्चामा आउने गर्छिन् ।