बलिउड फिल्म निर्माता कारण जौहरको सर्वाधिक रुचाएको फिल्म ‘कभी खुशी कभी गम’ रिलिज भएको २० वर्ष भन्दा बढी भएको छ । अमिताभ बच्चन, जया बच्चन, शाहरुख खान, ऋतिक रोशन, काजोल र करीना कपूर जस्ता ठूला स्टारको अभिनय रहेको यस फिल्मलाई दर्शकले निकै रुचाएका थिए ।

यस फिल्म रहेका पात्र र यस फिल्ममा गरिएको संवाद लामो समयसम्म मानिस हरुको जिब्रोमा झुन्डिएको थियो । यस फिल्ममा तपाईले शाहरुख खान र काजोलको प्यारो छोरा कृषलाई याद गर्नु भएकै होला । त्यस समको सानो कृष अहिले हुर्किसकेका छन् र अहिले निकै राम्रो र स्मार्ट देखिन्छन्।

यस फिल्ममा जिब्रान खानले कृषको भूमिका निर्वाह गरेका थिए । अहिले उनी फिटनेस फ्रिक भइसकेका छन् । अहिले उनको सिक्स प्याक एब्स, फराकिलो काँध र एथलेटिक फ्रेमको साथमा तपाईहरुले त्यस समयको त्यो सानो कृष हो भनेर चिन्न मुस्किल हुनेछ । अहिले त्यस समयका सानो कृष जिब्रानको इन्स्टाग्राममा फलो-अर्सको ठूलो संख्यामा पाउन सकिन्छ ।

उनले थुप्रै फिल्मका लागि अडिसन दिएका छन् र राम्रो भूमिकाको पर्खाइमा छन् । जिब्रानले मार्सल आर्ट र घोडसवारीको तालिम लिइसकेका छन् । वर्कफ्रन्टको बारेमा कुरा गर्दा जिब्रान एक प्रोफेसनल डान्सर हुन्। उनले आफ्नो बुबाको डान्स एकेडेमीमा नृत्य सिकाउँछन्। यससँगै उनले रणवीर कपूरको फिल्म ‘ब्रह्मास्त्रमा’ सहायक निर्देशकको रुपमा पनि काम गरिसकेका छन् ।


