गोप्य अंग र पेटभित्र सुन लुकाएर ल्याएका शेर्पा विमानस्थलबाट पक्राउ

काठमाडौ- नदाजी करिब एक किलो सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक व्यक्ति पक्राउ परेका छन् । एयर अरेबियाको विमानबाट नेपाल आएका सिन्धुपाल्चोक निवासी दावा छिरिङ शेर्पा विमानस्थलबाट पक्राउ परेका छन्  ।

स्रोतले दिएको जानकारी अनुसार दावाले मलद्वारमा करिब एक किलो सुन लुकाएर ल्याएका थिए। प्राहरीलाई शंका लगेपछि प्रहरीले सोधपुछ गर्दा उनले मलद्वारबाट सुन लुकाएर ल्याएको स्वीकारेका थिए । शेर्पा नोभेम्बर १६ मा पासपोर्ट नम्बर ०९३६८६१८ बाट दुबई गएका थिए। प्रहरीका अनुसार अहिले थप अनुसन्धान भइरहेको बताएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख एसएसपी भीम ढकालका अनुसार दावाले गोप्य अंगमा र पेटभित्र सुन लुकाएर ल्याएको र चेकजाँचको क्रममा एक्सरे गर्दा कट्टुभित्र र पेटभित्र पनि सुन देखिएपछि नियन्त्रणमा लिएको बताएका छन् ।

प्रकाशित : बुधबार, माघ १९, २०७८१५:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्द महाअभियोगको प्रस्ताव दर्ता