अब ‘ब्लाइण्ड डेट’ को दोस्रो सिजन हिमालय टेलिभिजनमा

केही समय पहिले सामाजिक सञ्जाल युट्युबमा निकै चर्चामा रहेको नेपाली शो ‘ब्ला-इण्ड डेट’ अब हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ । अब ‘ब्ला-इण्ड डेट’ को दोस्रो सिजन हिनालय टेलिभिजनबाट प्रसारण हुने भएको हो ।

‘ब्ला-इण्ड डेट’ को दोस्रो सिजन वैशाखको पहिलो साताबाट हिमालय टेलिभिजनबाट प्रसारण हुने जानकारी गराउँदै टेलिभिजन र शोका निर्देशक रोशन दाहाल बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । पहिलो सिजनमा टेलिभिजनबाट प्रसारण गर्ने नसोचेका शोका निर्देशक रोशन दाहाल शोलाई दर्शकले निकै रुचाएपछि अब भने दोस्रो सिजनबाट टेलिभिजबाट प्रसारण गर्ने बताएका छन् ।

निर्देशक दाहालले दोस्रो सिजनमा ‘ब्ला-इण्ड डेट’ पहिलो सिजनमा भन्दा थुप्रै परिवर्तन देख्न सकिने बताएका छन् । निर्देशक दाहालले शोको छायाँकन टेलिभिजनमा प्रसारणमा गर्ने एक सात पहिले बाट सुरु हुने बताएका छन् । पछिल्लो समय हिमालय टेलिभिजनको बारेमा कुरा गर्दा निकै प्रगति भएको देख्न सकिन्छ ।

यस टेलिभिजनबाट नेपालको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल, सबै उमेर समूहले मन पराउँदै आएको लोक गायन कार्यक्रम इन्द्रेणी, र पछिल्लो समय सामाजिक सञ्जाल युट्युबमा सर्वाधिक रुचाइएको कमेडी शो ‘सक्किगोनी’ प्रसारण हुँदै आएको छ ।

प्रकाशित : बुधबार, माघ १९, २०७८१३:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री स्वस्तिमा पारदर्शी पोसाक लगाएर देखिइन् श्रीमानको साथमा, ८ तस्बिर सहित