सेटमा सबैका अगाडि कपडाले धोका दिँदा लज्जित भइन् नोरा, तैपनि लाज छोप्न हरदम प्रयास गरिन्

बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही उनको अथक मेहनतको कारण बलिउडमा छुट्टै पहिचान बनाउन सफल भएकी छिन् । नोरा फतेही एक डान्सर भए पनि अहिलेसम्म थुप्रै ठूला-ठूला बलिउड फिल्ममा देखिसकेकी छिन्। नेरा उनको डान्सको साथै व्यक्ति गत जीवनको कारण पनि चर्चामा आउने गरेकी छिन् ।

यसका साथै नोरा समय-समयमा उनले लगाएका पोशाकको कारण पनि चर्चामा आउने गरेकी छिन्। अहिले नोराको एक पुरानो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । जसमा नोरा डान्सको एक स्टेप गर्दैछिन्  । त्यस समय एक यस्तो घटना घटेको छ जसको कारण नोरालाई सबैको अगाडी लज्जित हुनु परेको छ ।

नोरा फतेही आफ्नो एउटा गीतको छायाँकन गरिरहेकी थिइन्, त्यही क्रममा नोरा फतेहीको पहिरन क्रु मेम्बरका अगाडि खुस्कने क्रममा नायिका तमन्ना भाटियाले उनको लुगा समात्छिन् ।

यस कुराको जानकारी नोराले आफ्नो एक अन्तर्वार्ताको क्रममा भनेकी थिइन् । उक्त अन्तर्वार्तामा उनले भावुक हुँदै भनिन् ‘त्यति बेला तमन्ना भाटिया नभएको भए सबैका अगाडि मेरो इज्जतमा आँच आउने थियो । यस घटनाको बारेमा बताउँदै नोराले अभिनेत्री तमन्ना भाटियालाई धन्यवाद दिइन् ।

प्रकाशित : बुधबार, माघ १९, २०७८११:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी चर्चित अमेरिकी गायिकाले हातमा बनाएकी छिन् संस्कृत शब्दको ट्या:-टु, जान्नुहोस् यसको अर्थ ?