भारतीय बजेटमा नेपाललाई छुट्यायो यति ठूलो रकम

छिमेकी देश भारतले सन २०२२/२३ लागि नेपाललाई दिने अनुदान रकम छुट्याएको छ । भारतले सन २०२२/२३ मा नेपाललाई अनुदानको रुपमा ७ अर्ब ५० करोड भारतीय रुपैयाँ दिने कुरा भारतको बजेट भाषणमा सार्वजनिक गरेको छ । यस पटक भारतले छुट्याएको रकम विगतको वर्ष भन्दा कम रहेको छ ।

विगतको वर्षमा भारतले आफ्नो बजेटबाट नेपालको लागि ९ अर्ब ९२ करोड भारु छुट्याएको भए पनि पछि त्यो रकमलाई संशोधन गरी भारतले ६ अर्ब ५० करोड भारुमा कायम गरेको थियो । तर पनि विगतको वर्षमा सन २०२०/२१ मा भारतले अनुदानको रुपमा नेपाललाई ८ अर्ब ७९ करोड भारु दिएको थियो ।

भारतमा मंगलबार भएको वित्त वर्ष २०२२/२३ को बजेट भाषणमा भारतीय वित्तीयमन्त्री निर्मला सीतारमणले विदेश मन्त्रालय अन्तर्गत भारतले अन्य मुलूकलाई अनुदानको रुपमा दिने रकम छुट्याएको हो । यस पटक भारतले अनुदानको रुपमा सबैभन्दा बढी रकम भुटानलाई दिने भएको छ । जसमा भुटानले भारतबाट सन २०२२/२३ मा २२ अर्ब ६६ करोड भारु पाउने भएको छ ।

प्रकाशित : मङ्गलबार, माघ १८, २०७८१६:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गोप्य अंग र पेटभित्र सुन लुकाएर ल्याएका शेर्पा विमानस्थलबाट पक्राउ