किसानले पाउने दूधको मूल्यमा साढे ६ रुपैयाँले वृद्धि

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले यस अघि किसानले पाउँदै आएको दूधको मूल्यमा ६ रुपैयाँ ५२ पैसा मूल्य वृद्धि गरेको छ । अब किसानले बढेको मूल्य अनुसार दूधको मूल्य प्रति लिटर ५६ रुपैयाँ ४ पैसा पाउने भएका छन् ।

यस भन्दा पहिले प्रति लिटर दूधको मूल्य ४९ रुपैयाँ ५२ पैसा रहेकोमा अब भने प्रति लिटरमा १३ दशमलव १७ प्रतिशत वृद्धि गरी ६ रुपैयाँ ५२ पैसा वृद्धि भएको छ । अब भने किसानले कच्चा दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा पाउने छन् । अहिले तय भएको मूल्य किसानको लागि भएको हुँदा उपभोक्ताले पाउने प्रशोधित दूधको मूल्य भने कायम भएको छैन ।

किसानले लामो समय देखि दुध उत्पादको लागि लगानी बढेको कारण दूधको मूल्य बढाउन माग गर्दै आए पनि करिब साढे २ वर्ष पछि सरकारले दूधको मूल्य बढाएको हो । विगतका केही वर्ष यता हरेक वर्ष दूधको मूल्य समायोजन हुँदै आए पनि विगत साढे २ वर्ष यता दूधको मूल्य बढेको थिएन ।

प्रकाशित : मङ्गलबार, माघ १८, २०७८१०:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय