हिन्दु धर्ममा अमावस्याको विशेष महत्व हुने गर्दछ । प्रत्येक अमावस्यामा पवित्र नदी वा गंगामा स्नान गर्ने र दान गर्ने प्रचलन रहेको छ। यसको साथै पितृको पूजा पनि गरिन्छ । ताकि उनीहरुको आशीर्वादले परिवारमा सुख-समृद्धि होस्। वर्षको सबै अमावस्या मध्ये मौन अमावस्या धेरै महत्त्वपूर्ण मानिन्छ।
यस वर्षको मौनी अमावस्या आज केही स्थानमा जनवरी ३१ र केही स्थानमा फेब्रुअरी १ तारिकमा मनाइँदै छ । यस दिन स्नान र दान बाहेक भगवान विष्णु र लक्ष्मीको पूजा गरिन्छ। त्यसैले यो दिन लक्ष्मीको कृपा प्राप्त गर्न विशेष मानिन्छ।
मौनी अमावस्याको दिन स्नान, पूजा गरेपछि माछालाई चरा खुवाउनुपर्छ । यसो गर्नाले जीवनका सबै दुःख-कष्टहरू हट्ने मान्यता रहेको छ । साथै लक्ष्मी माताको अपार आशीर्वाद प्राप्त गर्न मौनी अमावस्याको दिन कमिलालाई चिनी र चोखो आटाको पीठो खुवाउनुहोस्। यसबाट धेरै पुण्य प्राप्त हुन्छ र अपार सुख र समृद्धि मिल्ने मान्यता रहेको छ ।
यस दिन माता लक्ष्मीको पूजामा दूध मिठाई वा चामलको खीर चढाउँदा उनी धेरै खुसी हुने र धनको वर्षा उने मान्यता रहेको छ । साथै यस दिन पूजा गर्दा लक्ष्मीको मूर्ति वा तस्वीरको अगाडि घ्यूको दियो पनि बाल्नु पर्छ।
यस दिन गरिबहरूलाई आफ्नो क्षमता अनुसार मिठाई, कपडा, न्यानो वस्त्र, भोजन, कालो तिल आदि दान गर्नुहोस्। यसो गर्नाले पितृहरू प्रसन्न हुन्छन् र परिवारमा सुख सुविधा प्राप्त हुने मान्यता रहेको छ ।