माग मासको मौनी अमावास्याको धार्मिक दृष्टिले निकै महत्त्व रहेको छ । यसका साथै काल सर्प दोष र पितृ दोषबाट मुक्ति पाउनका लागि पनि यस दिन व्रत बस्ने गरिन्छ । यस पटक मौनी अमावस्या माघ १८ गते परेको छ ।
माघ महिनाको मौनी अमावस्यालाई धार्मिक दृष्टिले निकै महत्त्वको साथमा लिने गरिन्छ । यस दिन पितृको तर्पण र श्राद्ध गर्नको लागि पनि विशेष दिन मानिन्छ । यसका साथै काल सर्प दोष र पितृ दोषबाट मुक्ति पाउनका लागि पनि यस दिन व्रत बस्ने गरिन्छ । यस पटकको मौन अमावास्या माग १८ गते मंगलबार परेको छ ।
ज्योतिषशास्त्रका अनुसार यस पटकको मौनी अमावस्यामा विशेष संयोग बनेको छ । ज्योतिषका अनुसार आजको दिन अर्थात् मौन अमावास्याको दिन सूर्य, चन्द्रमा, बुध र शनि एकै राशि मकरमा विराजमान हुने भएका छन् । यसको कारण आजको दिन चतुर्ग्रही योग बनेको छ । यस शुभ संयोग करिब तीन वर्षपछि मौनी अमावस्या मंगलबारको दिन बन्ने भएको छ ।
आजको दिन बिहान उठेर कुनै पनि पवित्र नदी र गंगाको मिश्रित जलमा स्नान गर्नु शुभ मानिन्छ। अरु कुनै समयमा पितृको नाममा तर्पण गर्न नसकेकाले आजको दिन पितृको नाममा तर्पण गर्न शुभ मानिन्छ । साथै आजको दिन पानीमा रातो फूल, रातो चन्दन मिसाएर भगवान सूर्यलाई जल अर्पण गर्नुहोस्। त्यसपछि पीपल र तुलसीलाई जल चढाएर तिन पटक परिक्रमा गर्नुहोस् ।
त्यसतै आजको दिन पितृको आशीर्वाद प्राप्त गर्न यस दिन व्रत बस्नुहोस्। व्रतको समयमा अभावमा परेकाहरूलाई ऊनी कपडा, तिल र जुत्ता दान गर्नुहोस् । यस कार्यबाट पितृको सदा आशीर्वाद हुने मान्यता रहेको छ ।