ज्योतिष शास्त्रमा ९ ग्रहको बारेमा उल्लेख गरिएको छ । यी सबै ग्रहले सबै राशिको व्यक्तिको जीवनमा प्रभाव पार्दछ । बुध ग्रहलाई वाणी, बुद्धि र व्यापारको कारक मानिन्छ। जुन राशिमा बुधको कृपा हुन्छ त्यस राशिलाई व्यापार तथा वाणीसँग सम्बन्धित हरेक काममा सफलता मिल्दछ । त्यस्तै ज्योतिष शास्त्र अनुसार २ राशिमा बुध ग्रहको विशेष कृपा हुने गर्दछ ।
ज्योतिष शास्त्रका अनुसार मिथुन र कन्या राशिमा बुध ग्रहको बढी प्रभाव पर्दछ । किनभने यी दुई राशिको स्वामी बुध देव हुन् । यही कारणले गर्दा यी दुई राशिमा बुध ग्रहको विशेष कृपा हुन्छ । साथै बुधको कृपाले यी राशि हुने हरुको भौतिक जीवन सुखमय रहन्छ । जीवनमा धनको अभावको सामना गर्नुपर्दैन।
मिथुन राशि
मिथुन राशिका मानिस स्वतन्त्र र बुद्धिमान मानिन्छन्। यस राशिका मानिसमा धेरै प्रकारका प्रतिभा लुकेका हुन्छन् । यसका साथै उनीहरूले प्रेम जीवनमा आएका चुनौतीहरू पनि साहसपूर्वक सामना गर्छन्। यस बाहेक बुध ग्रहको प्रभावले यस राशिका व्यापार तथा वाणी सम्बन्धी काममा निकै सफल हुन्छन् ।
कन्या राशि
कन्या राशिका मानिसहरु सानो सानो कुरामा रिसाउने तर मनमा सफा हुन्छन् । कन्या राशिका व्यक्तिहरूले आफ्नो बोलीले कसैलाई चाँडै आकर्षित गर्न सक्छन् । कन्या राशिमा बुध ग्रह बलवान भएर बसेको हुन्छ । जसका कारण यस राशिका मानिसले जीवनमा हरेक सुख-सुविधा पाउँछन् । कन्या राशिका मानिसहरु चलाखीपूर्वक धन कमाउनमा अरु भन्दा अगाडि रहन्छन् । यसका साथै यस राशिका मानिसहरु भौतिक साधनमा खुलेर पैसा खर्च गर्छन् ।