आजबाट बुध देवको उदय हुँदै, यी ४ राशिको चम्किनेछ भाग्य: हुनेछ लाभै-लाभ !

बुद्धि, धन, व्यापार, संचारको कारक बुध ग्रह फेरि उदीयमान भएका छन् । । मकर राशिमा सूर्यसँग शनिको एक साथमा भएको उपस्थितले बुध अस्ताएको थियो। अहिले बुध ग्रहको उदय भएको छ । जसको प्रभाव ४ राशिमा पर्ने भएको छ । यी राशिका व्यक्तिहरूलाई बुद्धि, व्यापार, संवादको विषयमा धेरै लाभ हुनेछ।

यी राशिका मानिसको रोकिएका काम बोलीको भरमा सम्पन्न हुनेछ । अचानक धन लाभ हुनेछ । व्यापार-व्यवसायमा लाभ हुनेछ । जान्नुहोस् ती भाग्यशाली राशिहरु, जसमा बुधको अपार कृपा रहनेछ ।

मेष राशि

मेष राशिको लागि अबको समयमा अब रोकिएका सबै काम बन्न थाल्नेछ । भाग्यको पूर्ण साथ मिल्नेछ । जसका कारण एकपछि अर्को सफलता मिल्दै जानेछ । आम्दानी बढ्नेछ जसको कारण आर्थिक अवस्था मजबुत हुनेछ । करियरमा नयाँ अवसरहरू प्राप्त गर्नुहुन्छ । व्यवसायमा ठूला अवसर प्राप्त हुनेछ ।

वृष राशि

बुध ग्रहको उदय वृष राशिका लागि निकै लाभदायक साबित हुनेछ । बुध ग्रहको उदयले करियरमा अत्याधिक लाभ मिल्नेछ । नयाँ-नयाँ कामको प्रस्ताव प्राप्त गर्न सकिनेछ । भाग्यले साथ दिनाले सबै काम पुरा हुनेछन् ।

धनु राशि

बुध ग्रहको उदयले धनु राशिका व्यक्तिहरूलाई प्रशस्त धन लाभ हुनेछ। धनु राशिका व्यक्तिको आम्दानी पनि बढ्ने प्रवल सम्भावना रहेको छ र कतैबाट पनि अचानक धन प्राप्त हुन सक्छ। लगानी गरेको स्थानबाट पनि लाभ मिल्नेछ ।

मीन राशि

बुध ग्रहको उदयले मीन राशिका मानिसहरुको भाग्योदय हुनेछ । आम्दानी बढ्नेछ । काममा सफलता मिल्नेछ । व्यवसायीले मनग्य आम्दानी गर्न सक्नेछन् । समग्रमा आर्थिक स्थितिमा राम्रो समय आउने देखिन्छ ।

प्रकाशित : सोमबार, माघ १७, २०७८१२:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वसन्त पञ्चमीको दिन राशि अनुसार गर्नुहोस् यस्ता काम, शिक्षासँग सम्बन्धित सबै समस्याको हुनेछ समाधान!