वसन्त पञ्चमीको दिन राशि अनुसार गर्नुहोस् यस्ता काम, शिक्षासँग सम्बन्धित सबै समस्याको हुनेछ समाधान!

विद्या र बुद्धिकी देवी सरस्वतीको पूजा–आराधनाका लागि वसन्तपञ्चमीको दिन निकै शुभ मानिन्छ । यस वर्ष वसन्त पञ्चमी सन २०२२ फेब्रुअरी ५ गते शनिबार परेको छ । यस दिन माता सरस्वतीको पूजा गर्नाले बुद्धि र ज्ञानको आशीर्वाद प्राप्त हुने मान्यता रहेको छ। यस्तो अवस्थामा वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको दिन राशि अनुसार के गर्नु शुभ हुनेछ जान्नुहोस् ।

मेष राशि
सरस्वती पूजाको दिन माता सरस्वती कवचको पाठ गर्नुहोस्। यसले सोच्ने सक्ती बढाउनेछ । योसँगै काममा एकाग्रता पनि आउँछ ।

वृष राशि
देवी सरस्वतीलाई प्रसन्न गर्न र उनको आशीर्वाद प्राप्त गर्नको लागि यस दिन उनलाई सेतो चन्दनको तिलक लगाउनुहोस् साथै सेतो फूल पनि चढाउहोस्, यसो गर्दा ज्ञान बढ्छ।

मिथुन राशि
वसन्त पञ्चमीको दिन देवी सरस्वतीलाई हरियो रङको कलम चढाउनुहोस् । जसको प्रभावको कारण हरेक मनोकामन पुरा हुनेछ ।

कर्कट राशि
सरस्वती पूजाको दिन माता सरस्वतीलाई खीर चढाउनुहोस्। यसो गर्नाले सङ्गीत विधासँग आवद्ध भएकाहरूका लागि फाइदाजनक हुनेछ ।

सिंह राशि
वसन्त पञ्चमीमा देवी सरस्वतीको पूजा गर्दा कम्तीमा २७ पटक गायत्री मन्त्रको जप गर्नुहोस्। जति धेरै गर्न सकिन्छ, त्यति नै फाइदा हुनेछ। यसो गर्नाले विदेशमा अध्ययन गर्नेहरूको मनोकामना पूरा हुनेछ।

कन्या राशि
वसन्त पञ्चमीको दिन साना बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्नुहोस्। यसो गर्नाले पढाइमा आएको बाधा हट्छ।

तुला राशि
तुला राशि मानिसले वसन्त पञ्चमीको दिन सादा सेती कपडा कुनै ब्राह्मणलाई दान गर्नुहोस् । यस्तो गर्नाले बोलीमा आएको समस्या समाधान हुनेछ।

वृश्चिक राशि
वृश्चिक राशि भएका मानिसले वसन्त पञ्चमीको दिन माता सरस्वतीको पूजा आराधना गर्नुहोस् । साथै मातालाई पूजा गरिसकेपछि रातो कमल चढाउनुहोस् । यसो गर्नाले स्मरण शक्तिमा वृद्धि हुनेछ ।

धनु राशि
सरस्वती पूजाको दिन मातालाई पहेलो रङ्गको मिठाइ चढाउनुहोस् । यस कार्यबाट मानिसको क्षमतमा वृद्धि हुनेछ । साथै उच्चशिक्षाको कामना पुरा हुन्छ ।

मकर राशि
बसन्त पञ्चमीको दिन गरिबलाई सेतो रङ्गको अन्न दाङ गर्नुहोस् । यसो गर्नाले बुद्धिमा विकास हुनेछ ।

कुम्भ राशि
वसन्त पञ्चमीको दिन स्कुल पढ्ने बच्चालाई कुनै शैक्षिक सामग्री प्रदान गर्नुहोस् । यसो गर्नाले सरस्वतीको कृपा हुनेछ ।

मीन राशि
मेन राशि भएका मानिसले वसन्त पञ्चमीको दिन कन्याहरुलाई पहेँलो कपडा दान गर्नुहोस् । यसो गर्नाले करियरमा आएको समस्या समाधान हुनेछ ।

प्रकाशित : सोमबार, माघ १७, २०७८१३:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दैनिक राशिफल : भोलि तपाईको दिन शुभ-अशुभ कस्तो रहला ? हेर्नुस् राशिफल