काठमाडौँ : ज्योतिष शास्त्रमा सूर्य, शनि र बृहस्पतिलाई सबैभन्दा महत्त्वपूर्ण ग्रह मानिन्छ। फेब्रुअरी १३ सन २०२२ मा सूर्य, शनि र वृहस्पतिको स्थितिमा महत्त्वपूर्ण परिवर्तनहरू हुँदै छन्। सूर्य कुम्भ राशिमा शनिको राशिमा प्रवेश गर्नेछ। त्यही समयमा वृहस्पति पहिले नै कुम्भमा विराजमान छन्। सूर्य प्रवेश गर्ने बित्तिकै वृहस्पति तेज घट्छ र अस्ताउँने छन् ।
सुर्य फेब्रुवरी १३ मा कुम्भ राशिमा प्रवेश गर्ने छन् । बृहस्पति ग्रहलाई सबैभन्दा शुभ ग्रह मानिने भएकाले यस अवस्थलाई शुभ मानिँदैन । यी ग्रहहरुको स्थितिमा हुने परिवर्तनले सबै राशिमा प्रभाव पर्ने भए पनि कुम्भ राशिका लागि यो समय निकै कठिन हुन सक्छ । यस समयमा कुम्भ राशि भएका मानिसले ठूला निर्णयहरू लिनबाट जोगिनु पर्छ। जागिर परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने एक महिना पर्खनुहोस्।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
करियरमा लाभ हुनेछ। कार्य क्षेत्रमा प्रशंसा हुन सक्छ। पदोन्नति पाउन सकिनेछ । धन लाभ हुनेछ ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
धेरै विषयमा समय राम्रो रहनेछ। धेरै समयपछि अब खुल्लमखुल्ला प्रगतिको स्वाद लिन सकिनेछ । करियरमा अधिकार बढ्नेछ। पदोन्नति र सम्मान प्राप्त हुनेछ ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
व्यवसायीलाई धेरै फाइदा हुने समय रहेको छ । कर्मचारी वर्गका लागि पनि समय राम्रो रहनेछ । धन लाभ हुने प्रवल सम्भावना रहेको छ ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
धनको अभावको महसुस हुनेछ। केही हानि हुन सक्छ। करियरमा आफ्नो उत्कृष्टता दिन सक्नु हुनेछ ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
सिंह राशिका व्यक्तिहरूलाई काममा केही समस्या आउन सक्छ। इच्छित नतिजा प्राप्त गर्न नसक्दा निराश हुन सकिन्छ ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
कन्या राशि शत्रु हरु पराजित हुनेछन् । करियरमा फाइदा हुनेछ । सरकारी क्षेत्रमा कार्यरत व्यक्तिलाई धन लाभ हुने प्रबल सम्भावना छ । लामो समय देखिएको रोकिएको धन प्राप्त हुनेछ ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
पुरानो लगानीबाट लाभ मिल्नेछ । करियरमा राम्रा अवसरहरू प्राप्त हुनेछ, जसको पूरा फाइदा उठाउनुहुनेछ। यसबाट भविष्यमा पनि फाइदा हुनेछ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
व्यावसायिक र व्यक्तिगत जीवनमा विभिन्न समस्या आउन सक्छ। आफूलाई नियन्त्रणमा राख्नुहोस्, अन्यथा तपाईं तनावको सिकार हुनुहुनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
निर्णित योजनाहरु पूरा हुनेछन्। भाग्यले साथ दिनेछ। पेशा–व्यवसायमा प्रगति हुनेछ ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
आर्थिक अवस्था सामान्य रहनेछ तर मनमा केहीमा निराशा छाउँनेछ । विवादबाट टाढा रहनुहोस्।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
योजनाहरु सम्पन्न हुनेछ । काममा परिवारको साथ सहयोग प्राप्त हुनेछ । कार्य क्षेत्रमा मन सम्मान बढ्नेछ । पारिवारि सम्बन्ध सुमधुर हुनेछ ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
आर्थिक रुपमा अनकुल हुनेछ । खर्च नियन्त्रण गर्नु राम्रो हुनेछ । खर्च नियन्त्रण हुन नसकेमा आर्थिक समस्यामा पर्न सकिन्छ ।