काठमाडौँ : ज्योतिषशास्त्रका अनुसार सन् २०२२ को फेब्रुअरी महिना केही राशिका लागि विशेष रहनेछ। कर्मफल दाता शनि यहीँ महिनाको २४ तारिखसम्म अस्त रहनेछ। अस्त शनि पनि कहिलेकाहीं शुभ साबित हुन्छ। यसबाहेक केही ग्रहको योगले संयोग पनि बन्दै छ। जसकारण केही राशिका जातकका लागि लाभ प्राप्त हुन् सक्छ। फेब्रुअरी महिना कुन-कुन राशिका लागि खास रहन्छ त ? हेर्नुस्।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मेष राशिका लागि फेब्रुअरी महिना शुभ रहनेछ। करियरमा ठूलो सफलता मिल्ने सम्भावना छ। नोकरीमा बढुवाको लागि लामो समयदेखिको प्रतीक्षाको अन्त्य हुनेछ। कार्यस्थलमा अधिकारीसँगको सम्बन्ध सुमधुर रहनेछ। यसका साथै बेरोजगारहरूले नयाँ कामको अवसर पाउनेछन्। आर्थिक जीवनमा सुधार आउनेछ। व्यापार गर्नेहरुका लागि फेब्रुअरी महिना शुभ रहनेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
यो महिना करियर र जागिरको हिसाबले राम्रो रहनेछ। अधुरा मनोकामनाहरु यो महिना पुरा हुनेछन्। प्रायः हरेक काममा भाग्यले साथ दिनेछ। मिहिनेतका कारण जागिरमा बढुवा मिल्नेछ। नयाँ कामको थालनीका लागि फेब्रुअरी शुभ रहनेछ। व्यापार-व्यवसाय गर्नेहरुले विशेष सफलता पाउनेछन्। यसबाहेक धन लाभको अवसर पनि पाउनुहुनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
कर्कट राशिका लागि यो महिना निकै शुभ रहनेछ। करियरमा विशेष सफलता मिल्ने सम्भावना छ। कार्यस्थलमा ठूलो उपलब्धि हात लाग्नेछ। यसका साथै धन सम्पति वृद्धिको बाटो पनि खुल्नेछ। जीवनसाथीले हरेक काममा साथ दिनेछन्। यात्राबाट धनलाभको योग रहेको छ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
धनु राशि हुनेहरुका लागि पनि फेब्रुअरी महिना शुभ रहने छ। आफ्नो प्रतिभा देखाउने अवसर पाउनुहुनेछ। कार्यस्थलमा कामको प्रशंसा हुनेछ। ऋणबाट मुक्ति पाउनुहुनेछ। आर्थिक लाभका प्रशस्त अवसरहरु आउनेछन्। व्यापारमा धनसम्बन्धी समस्याबाट निजात पाउनुहुनेछ। नोकरीमा बढुवाको योग बनेको छ। यसबाहेक तलब वृद्धिको सम्भावना छ।