यी ४ राशिको लागि आउँदो ३० दिन अत्यन्तै शुभ, बृहस्पति अस्ताउँदा हुनेछ धनको वर्षात्

काठमाडौँ : ज्योतिषमा बृहस्पतिलाई सबैभन्दा शुभ मानिन्छ किनभने यो भाग्य बढाउने ग्रह हो। यदि कुण्डलीमा बृहस्पति शुभ स्थितिमा छ भने व्यक्तिले हरेक काममा सफलता पाउँछन्। बृहस्पति ग्रह समृद्धि, विवाह, वैभव, विवेक, धार्मिक कार्यको कारक हो। त्यसैले बृहस्पति अस्ताउँदा सबै माङ्गालिक कार्यहरुमा रोक लाग्छ। सन् २०२२ फेब्रुअरी २४ मा बृहस्पति अस्ताउनेछ र २६ मार्चमा उदाउनेछ। अर्थात् ३० दिनसम्म भाग्य वृद्धि गर्ने बृहस्पति ग्रह अस्त रहनेछ।

बृहस्पति ग्रहको अस्तले धन, शारीरिक र भौतिक सुखप्रति मानिसको आकर्षण बढाउँछ। मानिसहरुका मन धर्ममा कम र सांसारिक सुखमा बढी हुनेछ। बृहस्पति सुनको पनि कारक हुन्छ, त्यसैले यो समयावधिमा सुनको मूल्यमा धेरै उतारचढाव आउनेछ। साथै, शेयरमा लगानी गर्नु जोखिमपूर्ण पनि हुन् सक्छ।

ज्योतिषमा कुनै पनि ग्रह अस्ताउनुलाई अशुभ मानिन्छ। भाग्य वृद्दि गराउने बृहस्पति ग्रह अस्ताउनु पनि अशुभ मानिन्छ, तैपनि केही राशिहरुका लागि लाभ मिल्नेछ। यस अवधिमा बृहस्पतिको शत्रु राशि वृष, तुलाबाहेक मिथुन र कन्या राशिका मानिसहरुलाई धन लाभ हुनेछ। यिनको करियर शानदार रहनेछ। आम्दानीको नयाँ श्रोतहरु बन्नेछन्। घरपरिवारमा खुशीयाली छाउनेछ।

जसलाई बृहस्पति ग्रहले अशुभ फल दिईरहेको छ, तिनले यसबाट बच्नको लागि गुरुसँग सम्बन्धित उपाय अपनाउनुपर्नेछ। जस्तै : पहेलो कपडा लगाउने, पहेलो चीज दान गर्ने, केराको बोटमा पूजा गर्दा धेरै राहत मिल्नेछ।

प्रकाशित : शनिबार, माघ १५, २०७८१६:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दैनिक राशिफल : भोलि आइतबार यी राशिलाई शुभ छ, आँटेका काम पूरा हुनेछ