• ज्योतिषाचार्य दामोदरनाथ लोहनी
• साताको राशिफल : (माघ १५ देखि २१ गतेसम्म)
• साताको चाड : – ५ गते शनि प्रदोष व्रत । १६ गते शहीद दिवस, (लै चह्रे पूजा) । १७ गते दर्श श्राद्ध । १८ गते स्नान दान गर्ने औँसी, आर्यघाटमा माधव नारायणको मेला । १९ गते सोनम ल्होसार, चन्द्रोदय ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
पहिलेभन्दा स्थिति निकै सुध्रिएको छ । तैपनि हुनुपर्ने काम पूरा हुने छैन । मनमा भय र शङ्का रहिरहला । परिश्रम बढी नै पर्नेछ । त्यसको फल पूरा पाउनुहुने देखिन्न । यात्राको सम्भावना छ । विशेष गरेर महिला मित्रले यात्रामा राम्रो सहयोग गर्नेछन्।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
मङ्गलबारसम्मका दिन राम्रा छैनन् । स्वास्थ्य बिग्रने र चोटपटक लाग्ने सम्भावना बढी छ । गणेशको आराधना नगरीकन त्यस्ता नकारात्मक घटनालाई हटाउन सक्नुहुने छैन । व्यापारसम्बन्धी काममा भने निकै समय खर्च होला र त्यसैले तपाईंको दैनन्दिनी चल्नेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
सुरुका दुई दिन राम्रा खालका छन् । यात्रा भएअनुसार केही फाइदा पनि लिन सक्नुहुनेछ । आफ्नो र परिवारको स्वास्थ्यले खर्च भने गराइरहला । व्यवसायको कामका लागि त्यति ठूलो लाभ देखिन्न । नारायणको सेवा नगरीकन व्यवसायमा प्रगति हुने स्थिति छैन।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
साता मध्यम खालको छ । आय र व्यय बराबर नै देखिन्छ । परिवारका लागि नै बढी व्यय होला । स्वास्थ्यको स्थिति हाललाई त्यति राम्रो देखिन्न । स्नेह गर्नेभन्दा डाह र ईष्र्या गर्नेहरू बढी छन् । इन्द्राणी अथवा कुल देवताको आराधना गरिरहनुहोस्।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
सुरुका दिनमा खर्च बढे पनि सोमबारदेखि त्यसमा नियन्त्रण आउन सक्छ । परिश्रम भने बढी पर्ला । मुद्दामामिलामा तपाईंकै पक्ष बलियो देखिन्छ । व्यवसायसम्बन्धी कामबाट धेरै थोरै लाभ गरी नै रहनुहुनेछ । शिक्षाको क्षेत्रमा पनि हाल प्रगति नै हुनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
पूर्वाद्र्धमा स्वास्थ्य गडबडिएर खर्च बढी गर्नुपर्ला । मङ्गलबारको बेलुकीदेखि स्थितिमा सुधार हुनेछ । व्यापार, व्यवसायले राम्रै मद्दत देला । आन्तरिक व्यापारभन्दा बाह्य व्यापार फापिलो खालको छ । पढाइ र लेखाइमा पनि हाल प्रगति नै देखिन्छ । जागिरमा मध्यम छ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
सुरुका दुई दिनमा निकै काम बन्नेछन् । काम गर्ने उत्साह पनि प्रशस्त बढ्ने छ । सोमबारदेखि भने त्यो उत्साहमा कमी आउन सक्छ । मित्रवर्गबाट पाउने सहयोगमा समेत हाल कमी नै देखिन्छ । देवीको आराधना नगरीकन विशेष कठिनाइबाट मुक्ति पाउन सकिने छैन।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
सुरुका दिनमा प्रशस्त खर्च बढ्ने छ । सोमबारदेखि त्यसमा नियन्त्रण आएर केही काम बन्ला । स्वास्थ्यको स्थिति पहिलेभन्दा सप्रिएको छ । यात्रा हुने सम्भावना पनि हाल प्रचूर मात्रामा देखा पर्छ । प्रेम वा विवाहका कुरा प्रगतितिर जानेछन्।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
सातालाई नराम्रो भन्न मिल्दैन । भोजभतेर पर्नेछन् र इष्टमित्रसँग भेटघाट भइरहला । रमाइला कार्यक्रम प्रशस्त पर्नेछन् । त्यसैले पैसाको बचत होला जस्तो छैन । शिक्षातिर गरेको लगानी फलदायी हुनेछ । जागिरतिरबाट विशेष उपलब्धि पाउनुहुने छैन।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
सुरुका दिनमा निकै खर्च होला । ठोस काममा भन्दा पनि मनोरञ्जन गर्ने कार्यमा खर्चको मात्रा बढ्ला । परम्परालाई धान्न भोजभतेर गर्नुपर्ने बाध्यता पर्न सक्छ । व्यापार, व्यवसायबाट केही उपलब्धि हुनेछ । साहसको मात्रा कत्ति पनि घटेको छैन।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
सुरुका दुई दिन राम्रा खालका छन् । त्यसपछि भने खर्च गरिरहनु पर्नेछ । हाललाई ठूलो काममा सफलता पाइने देखिन्न । मद्दत गर्नेहरूको सङ्ख्या राम्रै छ । प्रेमसम्बन्धी क्षेत्रमा सफलता हुनेछ । छोराछोरीको शिक्षाका लागि लगानी गर्नु पर्नेछ । यसको प्रतिफल पनि राम्रै मिल्ला ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
यो सातालाई राम्रै रूपमा लिन सकिन्छ । सोचेको भन्दा गतिलो आय होला । मित्रबाट पनि राम्रो सहयोग पाइनेछ । विवाहसम्बन्धी कुरामा प्रगति हुनेछ त केही नयाँ साथीसमेत तपाईंको सम्पर्कमा आउन सक्नेछन् । जागिरसम्बन्धी काममा हाल हानि देखिन्न।