छिट्टै यस राशिमा गोचर हुँदैछ शनिदेव, यी राशिका मानिसले पाउँछन् शनि साढेसातीबाट मुक्ति

ज्योतिषशास्त्रका अनुसार सबै ग्रहहरूमध्ये सबैभन्दा सुस्त गतिमा चल्ने ग्रह शनिको प्रभाव विशेष गरी १२ राशीलाई पर्छ।  शनिले सबैभन्दा ढिलो चाल चल्ने हुनाले यसको प्रभाव पनि लामो समयसम्म रहन्छ। शनिदेव यस वर्ष आफ्नो राशी बदल्ने वालामा छन्। पेसा र न्यायको कारक ग्रह शनिदेव २९ अप्रिल २०२२ मा स्व-राशि कुम्भमा गोचर गर्दैछन्। थाहा पाउनुहोस् शनिको राशी परिवर्तनले कुन राशीलाई शनिको साढेसातीबाट मुक्ति मिल्नेछ।

२०२२ मा यस रशिबाट हट्नेछ शनिको साढेसाती

जब शनिदेव २९ अप्रिल २०२२ मा मकर राशीबाट निक्लिएर कुम्भ राशिमा आउनेछन् तब धनु राशीको व्यक्तिबाट शनिको प्रभाव खतम भएपछि राम्रो दिनको सुरुवात हुन्छ। पेसा र भविस्यमा राम्रो प्रगति मिल्नेछ। कार्यमा बाधा आउन कम हुनेछ। समाजमा मान-सम्मान बढ्नेछ। तर १२ जुलाईमा फेरी शनि मकर राशिमा आउनेछन् र पहिलेको स्थिति फेरि आउनेछ। शनिदेव १७ जनुअरी २०२३ सम्म यस राशिमा रहनेछ। यसैगरी धनु राशिबाट साढेसाती पुरै तरिकाले २०२३ मा हट्नेछ।

ज्योतिषमा शनिको महत्व

ज्योतिषीय गणनामा शनिको चाल र दिशाको विशेष महत्त्व हुन्छ। शनिदेवले तुला राशीमा सधैँ राम्रो परिणाम दिन्छ मतलब तुला राशिमा उच्च हुन्छ र मेष राशिमा नीच।  शनिको महादशा १९ वर्षको हुन्छ।  शनिलाइ कुम्भ र मकर राशीको स्वामी मानिन्छ।  यदी कुनै राशिको कुण्डलीमा शनि मजबुत र शुभ भावमा बसेको हुन्छ तब त्यस व्यक्तिले सम्मान र पैसा प्राप्त हुन्छ।

प्रकाशित : बिहिबार, माघ १३, २०७८११:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फेब्रुअरीमा मकर राशिमा पञ्चग्रही योगको शुभ संयोग, ३ राशिलाई शुभ रहनेछ संकेत