फेब्रुअरीमा मकर राशिमा पञ्चग्रही योगको शुभ संयोग, ३ राशिलाई शुभ रहनेछ संकेत

ज्योतिष शास्त्रमा राशि परिवर्तन, दशा, महादशा र ग्रहको संयोगको विशेष महत्व रहेको छ । सबै ग्रह एक अन्तरालमा एक राशिबाट अर्को राशिमा आफ्नो स्थिति परिवर्तन गरिरहन्छन्, जसले सबै राशिका मानिसहरूको जीवनलाई असर गर्छ। यसबाहेक  कहिलेकाहीँ कुनै एक राशिमा एकभन्दा बढी ग्रह आउँछन् र संयोग बन्छन्। जसको असर मानव जीवनमा पर्छ । जब धेरै ग्रहहरू एउटै राशीमा केही समयको लागि घुम्छन् तब त्यसलाई ग्रहहरूको संयोग भनिन्छ। फागुन महिनामा पनि ग्रहको संयोग बन्ने भएकाले मकर राशिमा शनि राशीमा पञ्चग्रही योगको योग रहेको छ । मकर राशिमा ग्रहहरूको मिलनले केही राशिका व्यक्तिहरूलाई विशेष लाभ हुने सम्भावना छ। आउनुहोस् जानौं कुन-कुन हुन् यी राशि…

फेब्रुअरीमा पञ्चग्रही योगको संयोग

२०२२ सालको दोस्रो महिना मतलब फेब्रुअरीको महिनामा ज्योतिष शास्त्र अनुसार निकै महत्त्वपूर्ण योगको निर्माण हुन गईरहेको छ। ज्योतिष गणना अनुसार महिनाको सुरुवातको दिनमा मकर राशीमा सुर्य , बुध , चन्द्रमा र शनि ग्रहको युतिको संयोग बनिरहन्छ। त्यसपछि १३ फेब्रुअरीमा सुर्य मकर राशीबाट निक्लेर कुम्भ राशिमा आउनेछ किनकी सुर्य कुनै एक राशिमा लगभग एक महिनाको लागि रहन्छ।  त्यसपछि २६ फेब्रुअरीमा मंगल उच्च राशि मकर राशिमा प्रवेश गर्नेछ। यसैक्रममा मकर राशीमा शनि ,मंगल र बुध ग्रहको संयोग बन्नेछ। फेरि महिनाको अन्तिम दिन चन्द्रमा फेरि मकर राशीमा र शुक्र ग्रह मकर राशिमा आउनेछ र त्यो चाललाई पञ्चग्रहीको योगको संयोग बन्नेछ।

पंच ग्रही योग का प्रभाव

फेब्रुअरीको महिनामा केहि ग्रहको एक राशिमा योग बन्नाले सबै राशिमा प्रभाव देख्न सक्छौ।  तर पञ्चग्रही योगको असर तीन राशिमा विशेष रुपले हुन्छ। जुन तीन राशिमा यसको प्रभाव पर्छ ति राशिले शुभ फल प्राप्त गर्नेछन्। यी तीन राशी हुन्-मेष,वृष र मीन। पञ्चग्रही योगको निर्माणबाट चल्ने यी तीन राशिको व्यक्तिले निकै सफलता प्राप्त गर्नेछन्। आर्थिक स्थिति वृद्दि हुनुको साथै करियरको उचाईमा पुग्नुहुनेछ। मान-सम्मान प्राप्त हुनेछ। नयाँ पेसाको प्रस्ताव मिल्न सक्छ। लगानीमा लाभ मिल्ने सम्भावना छ।

प्रकाशित : बिहिबार, माघ १३, २०७८१४:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आखिर किन राखिन्छ टुप्पी ? यस प्रकार छ धार्मिक महत्त्व र वैज्ञानिक कारण !