एजेन्सी : सन् २०१५ मा आएको फिल्म ‘दृश्यम(Drishyam)’ लाई दर्शकले धेरै मन पराएका थिए। यो थ्रिलर/मिस्ट्री फिल्मलाइ मानिसहरुले धेरै माया गरे। यो फिल्मले धेरै अवार्ड्स आफ्नो पोल्टामा पार्यो। फिल्ममा मुख्य भूमिकामा अजय देवगन, श्रिया शरण र तब्बु देखिएका थिए। फिल्ममा यी स्टार्सको अभिनय बाहेक अजय देवगन र श्रिया सरनकी छोरीको अभिनयलाई दर्शकले खुब रुचाएका थिए।
विशेषगरी फिल्ममा अजय देवगनकी कान्छी छोरी ‘अनु’ उर्फ मृणाल जाधव(Mrunal Jadhav)ले आफ्नो उत्कृष्ट अभिनयले निकै चर्चा कमाएकी थिईन्। फिल्मी सानी अनु अहिले ठुली भईसकेकी छिन्।
मृणाल अहिले ठुली भईसकेकी छिन् र उनको लुक पनि धेरै बदलिएको छ। मृणाल जाधवको पछिल्लो तस्बिर आजकल इन्टरनेटमा भाइरल भइरहेको छ, जसलाई मानिसहरुले निकै मन पराइरहेका छन्। मृणालको यो तस्बिर देखेपछि तपाईलाई आफ्नो आँखामा विश्वास लाग्दैन। फिल्म दृश्यममा अजय देवगनकी कान्छी छोरी बनेकी अनु अहिले यति ठूली र सुन्दर भएकी छिन्। मृणालको पछिल्लो तस्बिरमा उनी माइक समातेर केही बोल्न खोजिरहेको देख्न सकिन्छ। यो उनको कुनै प्रेसमिटको क्रममा खिचिएको फोटो हो। खुल्ला कपालमा मृणाललाई निकै सुन्दर देखिएको छ।
मृणाल जाधवले फिल्म दृश्यममा आफ्नो दमदार भूमिकाबाट सबैलाई चकित पारेकी थिईन्। त्यत्तिको कम उमेरमै उनले गरेको जीवन्त अभिनयबाट मानिसहरु प्रभावित भएका थिए र उनको प्रशंसा गर्नबाट आफूलाई रोक्न सकिरहेका थिएनन्। मृणालको यो पछिल्लो लुक्स तपाईलाई कस्तो लाग्यो, कमेन्ट गरेर भन्नुहोला।