कुन नेपाली कलाकारले कति करोडका गाडी चढ्छन् त ? हेर्नुस्

काठमाडौँ : गाडी किन्नु कतिपयका लागि अत्यावश्यक विषय बन्ला त कतिपयलाई विलासीपन लाग्ला तर जसले किन्यो उसका लागि त्यो नै सबथो क हो । अर्थात् आफूले कमाएको र कमबाट गच्छे अनुसार को सवारीसाधन किन्नु अहिले सामान्य बन्दै गएको छ । अझ नेपाली कलाकारिता क्षेत्रका सेलिब्रेटीहरू पछिल्लो दशकमा झन्डै करोड छेउछाउ पर्ने गाडी किनिरहेका छन् । कुनै समय कलाकारले गाडी किनेको समाचार आउँदा मानिस अचम्भित हुन्थे । के नेपाली कलाकारले गाडी किन्ने र चढ्ने हैसियत बनाएका छन् त ? भन्ने प्रश्न नसोध्ने सायदै कोही थिएनन् होला तर यथार्थलाई हेर्ने हो भने कलाकारले त्यो हैसियत अवश्य बनाएका छन् ।अभिनेता राजेश हमाल अचेल नयाँ जिप ‘कम्पास’ चढ्छन् ‘युगदेखि युगसम्म’,  ‘देउता’, ‘वसन्ती’ र ‘सिमाना’ जस्ता सफल चलचित्रसहित तीन दशक चलचित्र यात्रामा झन्डै तीन सय हाराहारी चलचित्रमा अभिनय गरिसकेका हमालले जिपका बारेमा युवावस्थादेखि नै सुन्दै आएका थिए।

“मैले युवा अवस्थादेखि नै जिपको बारेमा सुन्दै आएको थिएँ । केही चलचित्रको सुटिङमा मैले विलिस जिप पनि चलाएँ । म यो जिपको आइकनिक डिजाइन र अफरो ड क्षमताबाट प्रभावित छु,” र ाजे श भन्छन् । हमालले कति खर्च गर े र ।।। कम्पास’ किनेको नखुलाए पनि नेपालमा यसको मूल्य ८४ लाख ९० हजार दे खि एक कर ो ड ३६ लाख ९० हजार रुपियाँसम्म छ । हमालले यसअघि किया कम्पनीको स्पोर्टेज गाडी चढ्थे ।

अभिनेता भुवन केसी हुन्डाई ब्रान्डको क्रेटा चढ्छन् । उनी पाँच वर्षयता यो गाडीमा चढिरहेका छन् । “अब तुरुन्तै नयाँ ब्रान्डको गाडी किन्ने केही योजना बनाएको छैन । केही समय यही गाडी चढ्छु,” भुवन भन्छन्, यो गाडी चलाउन सजिलो छ, लामो यात्राका लागि निकै आनन्ददायी छ । उनले कति मूल्यमा गाडी किने को हो भन्ने खुलाउन चाहेनन् ।

गायिका सुनिता दुलाल केही समययता सुजुकीको सेलेरियो ब्रान्डको गाडी चढ्छिन् । उनले झन्डै आठ वर्ष हुन्डाईको आइटेन गाडी चढिन्। “पहिलाको गाडी मेनुअल थियो , अहिले को गाडी अटो छ । अहिले को गाडी चलाउन सजिलो छ । काठमाडौ ँको बाटो मा चलाउन अलिक स्वतन्त्र हुन्छ,” सुनिता भन्छिन् ।

नेपाली चलचित्रमा सक्रिय युवापुस्ताका कलाकारले आफ्नै खर्चमा गाडी किन्ने हैसियत बनाइसकेका छन् । आकाश श्रेष्ठ, पूजा शर्मा, पुष्प खड्का, गायक तथा अभिनेता प्रकाश सपुत, अभिनेत्री स्वस्तिमा खड्का, पल शाहजस्ता युवा अनुहार अहिले गाडी मालिक बनेका छन् ।अभिनेत्री पूजा ७० लाख रुपियाँको हुन्डाईको क्रेटामा यात्रा गर्छिन् । उनको गाडीको रङ चकलेटी छ । जबकि अभिनेता आकाश श्रेष्ठको गाडीको रङ सेतो छ । रोचक कुरा त के छ भने आकाशले क्रेटा किनेको चौबिस घण्टा नबित्दै पूजाले पनि गाडी किनेकी हुन्। कोभिड सर्वमहामारीपछि नेपालमा म्युजिक भिडियो निर्माणको क्रम ह्वात्तै बढ्यो । जसको फाइदा चलचित्रमा काम गर्ने अभिनेता र अभिनेत्रीलाई बढी भयो । सामान्य अवस्थामा म्युजिक भिडियोमा केही व्यस्त हुने पल शाह, आकाश श्रेष्ठ, पूजा शर्मा र पुष्प खड्कालगायतका चकलेटी अनुहार हाल भिडियोमा निकै व्यस्त बनेका छन् । एक भिडियो बापत न्यूनतम डेढ लाखसम्म पारिश्रमिक लिने यी कलाकारले आफ्नो गाडीमा आधाभन्दा बढी हिस्सा र कम म्युजिक भिडियोको आम्दानीकै प्रयोग गरेका छन्।

नयाँ गाडी खरिद गर्नेमा अभिनेता पुष्प खड्का पनि पर्छन् । उनले ७० लाख पर्ने क्रेटा गाडी किनेका छन् । काठमाडौ ँमा लामो समय बाइक चढेका पुष्पले नेपाली मनोरञ्जन क्षेत्रमा लागेर पनि मिहिने त गर्न सकेमा आफ्नो सपना पूर ा गर्न सकिने उदाहरण गाडी खरिद गर्नु पनि रहेको बताउँछन् । अभिनेता पल शाह टाटा कम्पनीको गाढा नीलो रङको नेक्सन इडी गाडी चढ्छन् । उनले आफ्नो पछिल्लो कार बेचेर नयाँ कार किनेका हुन् । पलले एक वर्षभित्र तीनवटा कार फेरिसकेका छन् । उनको नयाँ कार पेट्रोल र बिजुली दुवैबाट चल्छ । यो कारको नेपालमा मूल्य ३५ लाखदेखि ३९ लाख रुपियाँ पर्छ । यसअघि पलले टोयोटा कम्पनीको आकाशे रङको कोरोला कार किनेका थिए । गायक प्रकाश सपुत पछिल्लो पुस्तामा रुचाइएका गायक हुन् । ।।। बो ल माया’ , ।।। गलबन्दी’ , ।।। बदला बर ी लै ’ लगायतका गीतका स्रष्टा प्रकाशले हुन्डाईकै से तो रङको ।।। क्रे टा’ कार किनेका छन् । “सपना देख्नेहरूलाई प्रेरणा हुन सक्छ । कलाकार मात्रै भएर पनि कार चढ्न सकिन्छ है ,” ४९ लाख मूल्य पर्ने कार किनेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ।

बागलुङबाट काठमाडौ ँ आएपछि प्रकाशले लामो समय सार्वजनिक यातायातमा यात्रा गरे । दोहोरी साँझमा काम गर्दा ।।। सेके न्ड ह्यान्ड’ स्कुटर किनेका उनले केही वर्षपछि ।।। से केन्ड ह्यान्ड’ बाइक किने । आफ्नै कार चढ्नुअघिसम्म उनी ।।। सेकेन्ड ह्यान्ड’ बाइकमै यात्रा गर्थे । प्रकाश चलचित्र ।।। परदेशी–२’ मार्फत चलचित्र अभिनयमा पाइला चाल्दै छन् ।

यसबीच अभिनेत्री स्वस्तिमा खड्काले कार किनिन् । रातो रङको उनको कारको मूल्यबारे उनले खुलाएकी छैनन् ।अर्का अभिनेता प्रदीप खड्का हुन्डाईको क्रेटा कार चढ्छन् । यसको मूल्य ४५ लाखभन्दा माथि पर्छ । अभिनेता अनमोल केसी जिप कम्पास कार चढ्छन् ।

अभिनेता धीरेन शाक्य किया स्कोडेज गाडी चढ्छन् । उनले पहिलो पटक मारुती कार किनेका थिए । “नयाँ मोडल आयो कि किन्न मन लागिहाल्छ । समयअनुसार चल्नुपर्ने भएपछि नयाँ रोजाइ मनपर्छ,” उनी भन्छन् ।अभिनेत्री आँचल शर्मा पजेरो स्पोर्ट गाडी चढ्छिन् । जसको बजार मूल्य एक करोड ६० लाखभन्दा माथि पर्छ । अभिनेत्री रेखा थापा निशान कम्पनीको गाडी चढ्छिन्। अभिनेत्री करिश्मा मानन्धर निशानको किक गाडी चढ्छिन्। उनले यसअघि हुन्डाई आइटेन र हुन्डाई आई ट्वान्टी चढेकी थिइन्।

प्रकाशित : सोमबार, माघ १०, २०७८१६:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उर्वशी रौटेलाले शेयर गरिन् बा*;-थरुम फोटो, बो;-*ल्ड*नेस देखेर मच्चियो तहल्का