‘पुष्पा’ को ऐतिहासिक सफलतापछि अल्लु अर्जुनलाई १०० करोडको अफर

एजेन्सी : ‘पुष्पा : द राइज(Pushpa: The Rise)’ को ऐतिहासिक सफलतापछि अल्लु अर्जुन(Allu Arjun)को लोकप्रियता ह्वात्तै चुलिएको छ। उनका पुराना फिल्महरु पनि ओटिटी प्लाटफर्ममा धेरै हेरिएको छ। अहिले अल्लु अर्जुनसँग एट्ली, एआर मुरुगादास, प्रशान्त नील लगायतका ठुल्ठुला चलचित्र निर्माता तथा निर्देशकहरु काम गर्न चाहन्छन्।

भारतीय सञ्चामाध्यमहरुका अनुसार धेरै ठूला फिल्मस्टारसँग काम गरिसकेका फिल्म निर्देशक एट्लीले आफ्नो अर्को फिल्म अल्लु अर्जुनको योजना बनाएको बताइएको छ। फिल्म लाइका प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ।

यो फिल्ममा काम गरेबापत अल्लु अर्जुनलाई १०० करोड भारु अफर गरिएको बताइएको छ। एक श्रोतलाई उद्दृत गर्दै भारतीय मिडियाले लेखेको छ – “एटली अल्लु अर्जुनसँग काम गर्न उत्सुक छन्। उनीसँग उत्कृष्ट स्क्रिप्ट छ। अल्लु अर्जुनलाई यो फिल्ममा काम गरेबापत उनी १०० करोड दिन तयार छन् । अहिलेसम्म केही टुंगो लागेको छैन, तर अल्लु सहमत हुनेमा एट्ली आशावादी छन्।”

अल्लु अर्जुनको अला वैकुण्ठपुररामुलू(Ala Vaikunthapurramuloo) फिल्मको हिन्दी डबमा २६ जनवरीमा रिलिज गर्ने योजना तय भएको थियो। तर कोभिड सङ्क्रमण बढेसँगै रिलिज रोकिएको छ।

प्रकाशित : सोमबार, माघ १०, २०७८१३:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘दृश्यम’ मा अजय देवगनकी छोरी बनेकी यस सानी बच्ची अहिले भईसकिन् कल्कलाउँदी तरुनी, हेर्नुस् तस्बिर