दक्षिण भारतको चर्चित अभिनेता धनुष र ऐश्वर्या रजनीकान्तले विवाह गरेको १८ वर्षपछि सम्बन्ध विच्छेद गरेको खबरले अहिले निकै चर्चा पाएको छ । अभिनेता रजनीकान्तकी छोरी ऐश्वर्या र धनुषले सन २००४ मा विवाह गरेका थिए र उनका दुई छोरा छन् । अहिले धनुषले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै उनी श्रीमतीसँग अलग भएको कुरा उल्ल्लेख गरेका छन् ।
सबैलाई थाहा नै होला, कुनै समयमा धनुषले गएको एक गीत निकै भाइरल भएको थियो । जसको कारण उनलाई मानिसहरु बिचमा चिनिन निकै सहज भएको थियो । धनुषले गाएको यस गीतले भारत मात्र नभई विदेशमा पनि निकै लोकप्रिय भएको थियो । उक्त्त गीतको बोल थियो ‘व्हाई दिस कोलावेरी’ उक्त्त गीत सन २०११ मा रिलिज भएको थियो ।
यस गीतबाट धनुषलाई कुनै फिल्मबाट मिल्ने प्रशंसा भन्दा बढी मिलेको थियो । यस गीतलाई सामाजिक सञ्जाल युट्युबमा रिलिज गरेको केही दिनमा नै करोडौँ मानिसले हरेक थिए । अहिलेको समयमा अभिनेता धनुषले गएको ‘व्हाई दिस कोलावेरी’ बोलको गीतको भिडियोममा ३०० मिलियन भन्दा बढी भ्युज रहेको छ ।