६७ वर्षदेखि ननुहाएका यी ८७ वर्षका वृद्ध रहेछन् पूर्ण स्वस्थ, स्वास्थ्य विज्ञ भए चकित !

जाडोमा नुहाउन सबैलाई गा:ह्रो हुन्छ तर पनि मानिसहरु अनेक उपाय अपनाएर नुहाउने गर्दछन् । कसैले भनेको सुन्नु भएको होला एक हप्ता वा दुई हप्ता देखि नुहाएको छैन । तर यहाँ केही फरक खबर छ । एक ८७ वर्षका वृद्ध छन् जसले विगत ६७ वर्षदेखि नुहाएका छैनन् । यी व्यक्ति इरानका बासिन्दा हुन् जसको नाम अमो हाजी हो ।

८७ वर्षमा अमोले बिगत ६७ वर्ष देखि  उनले शरीरमा पानी पनि हालेका छैनन् । त्यसैले उनलाई संसारकै फोहोरी व्यक्ति पनि भनिन्छ । उनको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकले अचम्मको कुरा बताएका छन् । जब डाक्टरहरूले अमो हाजीको झुपडीमा गएर उनको स्वास्थ्य जाँच गरे डाक्टरहरु छक्क परे। परीक्षण गर्दा उनी पूर्ण रुपमा स्वस्थ रहेको चिकित्सकहरुले बताएका छन् ।

अमो हाजी कुनै सफा घरमा बस्ने मानिसजस्तै स्वस्थ थिए। तेहरानको स्कूल अफ पब्लिक हेल्थका परजीवी विज्ञानका सहयोगी अमो हाजीले परीक्षण गरेका थिए। चिकित्सक र विशेषज्ञहरूले परजीवी र ब्या-क्टेरियाहरू अध्ययन गर्ने लक्ष्य राखेका थिए जुन ननुहाएको र फोहोर शरीरहरूमा विकसित हुन्छ ।

तर ६७ वर्षसम्म कुहिएको खानेकुरा खाँदा र ननुहाएका हाजीको शरीरमा कुनै पनि किसिमको नकारात्मक ब्याक्टेरिया नभएको चिकित्सकले पुष्टि गरेका छन् ।

प्रकाशित : बिहिबार, माघ ०६, २०७८१५:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी सेल्फी पोस्ट गर्ने व्यक्ति भए हाँसो एवं लज्जाको पात्र, नियालेर हेर्नुभएमा आफैँ थाहा पाउनुहुनेछ कारण