अहिले दक्षिण भारतका चर्चित अभिनेता धनुषले पत्नी ऐश्वर्या रजनीकान्तसँग सम्बन्ध विच्छेद भएको खबर दिएर सबैलाई चकित पारेका छन् । अहिले अभिनेताका फ्यान हरुले यस खबर पत्याउ नै सकेका छैनन् कि अभिनेताले १८ वर्ष पुरानो सम्बन्धलाई अन्त्य गरे भनेर । अहिले मानिसहरु अभिनेताको सम्बन्ध विच्छेद हुनुमा विभिन्न अनुमान लगाउन लागेका छन् ।
यसै समयमा अभिनेता धनुषको बाबुको एक बयान सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । धनुषका बाबु तथा निर्माता कस्तुरी राजाले उनीहरुको सम्बन्ध विच्छेदको बारेमा केही भनाइ राखेका छन् ।
धनुषका बुबाले एक अन्तर्वार्तामा अभिनेता धनुषको सम्बन्ध विच्छेदलाई पारिवारिक कलह भनेका छन् । उनले भने यो एक सम्बन्ध विच्छेद नभएर पारिवारिक झगडा भएको उनको भनाइ छ, जुन प्रायः परिवार र दम्पती बीचको मनमुटाव र पारिवारिक असहमति कारण हुने गरेको छ । धनुष र ऐश्वर्या अलग हुनुको कारण यही हो । तर दुवैको सम्बन्ध विच्छेद भएको होइन । उनले अहिले धनुष र ऐश्वर्या दुवै हैदराबादमा रहेको बताए ।
केही दिन पहिले अभिनेता धनुषले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै ऐश्वर्यासँग आफू अलग भएको जनाएका थिए । धनुषले लेखेका थिए ‘साथी, दम्पती, आमा बाबु र एक-अर्काको शुभचिन्तकका रूपमा १८ वर्षदेखि सँगै थियौ । हाम्रो यो यात्रा एक-अर्कालाई बुझ्ने, मिल्ने र मिलाउने हो । तर आज हामी उभिएको ठाउँबाट हाम्रो बाटो फरक भएको छ ।