एजेन्सी : बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले इन्डस्ट्रीकी सफल अभिनेत्री हुन्। बलिउडको सबैभन्दा धनी अभिनेत्रीहरुका सूचीमा ऐश्वर्या राय बच्चनको नाम शीर्ष स्थानमा पर्छ। तर उनले यो स्थानसम्म पुग्न धेरै सङ्घर्ष गर्नुपरेको थियो। करियरको लामो यात्रामा ऐश्वर्याको लुकमा पनि धेरै परिवर्तन आएको छ। आज हामी तपाईलाई ऐश्वर्या राय बच्चनको मोडलिङका दिनका केही नदेखेका तस्विरहरू देखाउन गइरहेका छौँ।
बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्याले आफ्नो करियर मोडेलिङको दुनियाँबाट सुरुवात गरेकी थिईन्। त्यसयता उनको लुक्समा निकै परिवर्तन आएको छ।
ऐश्वर्या राय कक्षा ९ मा पढ्दाखेरि देखि नै उनलाई अफर आउन सुरु भएको थियो। ऐश्वर्याले कलेज पढ्न सुरु गरेपछि मोडेलिङमा पनि हात हालिन्।
त्यसपछि उनी कैयन् टिभीका विज्ञापनहरुमा देखा परिन्। ऐश्वर्याले पहिलो विज्ञापन एक पेन्सिलको गरेकी थिईन्।
ऐश्वर्या रायले अभिनेता आमिर खानसँग एक कोल्ड ड्रिंकको विज्ञापनमा पनि काम गरेकी थिईन्। त्यसपछि उनले सौन्दर्य प्रतियोगितामा भाग लिइन्।
ऐश्वर्या रायले मिस इन्डियाको ताज जितेपछि सन् १९९४ मा मिस वर्ल्डमा भारतको प्रतिनिधित्व मात्र गरिनन्, मिस वर्ल्डको ताज जितेर विश्वभर भारतको नाम रोशन पारिन्।
त्यसपछि ऐश्वर्या रायले तमिल फिल्मबाट अभिनयको दुनियाँमा कदम राखिन्। त्यसपश्चात उनले कहिल्यै पछाडी फर्केर हेर्नुपरेन्।
उनले हम दिल दे चुके सनम, देवदास, आ अब लौट चलें जस्ता एकपछि अर्को हिट फिल्म दिएर बलिउडकी ‘बेगम’ बनिन्।
ऐश्वर्या राय बच्चन अमिताभ बच्चनकी बुहारी र अभिषेक बच्चनकी श्रीमती हुन्। उनको ख्याति अहिले पनि बलिउड इन्डस्ट्री कायमै छ।