बलिउड फिल्म ‘तेरे नाम’ को सालिन अभिनेत्री भूमिकाको अहिले सम्मकै फरक अवतार, तस्वीर भाइरल हुँदै !

कुनै समयको चर्चित फिल्म ‘तेरे नाम’ आजको समयमा पनि मानिसहरु उत्तिकै रुचाउने गर्दछन् जति पहिलो पटक हलमा प्रदर्शन भएको थियो । सलमान खानलाई बलिउडमा एक स्थान माथी उठाउन यस फिल्मको निकै ठूलो भूमिका रहेको छ । त्यस्तै आफ्नो पहिलो फिल्म ‘तेरे नाम’ बाट रातारात स्टार बनेकी अभिनेत्री भूमिका चावलाको निर्दोष अनुहार आज पनि मानिसलाई याद छ ।

भूमिका चावला लामो समयदेखि बलिउड बलिउड फिल्ममा देखिएकी छैनन् । अभिनय क्षेत्रमा नदेखिकी अभिनेत्री भूमिका सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र हरेक दिन आफ्ना तस्वीर र भिडियो शेयर गरिरहन्छिन् । त्यस समयको निकै सालिन अभिनेत्री अहिले निकै बो:-ल्ड भएकी छिन् । अहिले अभिनेत्री भूमिकाले सामाजिक सञ्जालमा केही तस्वीर सार्वजनिक गरेकी छिन् । तस्वीरमा अभिनेत्रीलाई निकै फरक लुकमा देख्न सकिन्छ ।

भूमिका चावलाले सन २००३ मा फिल्म ‘तेरे नाम’ बाट हिन्दी सिनेमा जगतमा डेब्यु गरेकी थिइन् । ‘तेरे नाम’ लाई सलमान खानको करियरको एक खम्बाको रुपमा लिने गरिन्छ । तर यस फिल्ममा देखिएकी नायिकाको अभिनयले यस फिल्म बाहेक अरु कुनै फिल्मबाट खासै चर्चा पाउन सकेन ।

प्रकाशित : बुधबार, माघ ०५, २०७८१५:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पहिले हेर्दै हाँडीजस्ती काली-नराम्री थिईन् अजय देवगनकी छोरी, जवानी चढेसँगै बिछट्टै राम्री भईन्