एजेन्सी : विवाहपछि झन् विक्की कौशल र कट्रिना कैफको लोकप्रियता ह्वात्तै बढेको छ। विक्की र कट्रिना वैवाहिक बन्धनमा बाँधिएपछि फ्यान्सले तिनको हरेक स-साना कुरामा पनि चासो लिईरहेका छन्। दम्पत्ति कहाँ जान्छन्, के गर्छन् लगायात पल-पलका खबर चाख मानी-मानी पढ्छन्।
यसैबीच कट्रिना र विक्कीको बेडरुमको एउटा तस्बिर सार्वजनिक भएको छ। यो तस्बिरमा तपाईले देख्न सक्नुहुन्छ कि कट्रिना र विक्की बेडरूममा एक्लै हुँदा के गर्न मन पराउँछन्।
विक्की कौशल र कट्रिना कैफ ९ डिसेम्बरमा भारतको राजस्थानस्थित सवाई माधोपुरमा वैवाहिक बन्धनमा बाँधिएका थिए। विवाहपछि दुवैले विवाहको रिसेप्सन दिनुपर्ने थियो तर विवाहलगत्तै दुवैजना काममा व्यस्त भए।
विक्की हाल इन्दौरमा सारा अली खानसँग आफ्नो आगामी फिल्मको सुटिङमा व्यस्त छन्। कट्रिना पनि ‘टाइगर ३’ को शूटिङ र अन्य प्रोजेक्ट्समा व्यस्त छिन्।
इन्दौरमा सुटिङका कारण विक्की आफ्नी नवविवाहित श्रीमतीबाट टाढै बस्नु परेको छ। यसैबीच कट्रिनालाई आफ्नो पतिको याद आउँछ र मुम्बईबाट फ्लाइटमा इन्दौर पुग्छिन्। जहाँ दुवैजना एकसाथ क्वालिटी टाइम बिताउँछन्।
हालै कट्रिना इन्दौरमा श्रीमानलाई भेटी मुम्बई फर्किइन्। इन्दौरमा हुँदा उनले आफ्नो पति विक्कीसँग अविस्मरणीय समय बिताएकी छिन्, जुन तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भईरहेका छन्।
अहिले सामाजिक सञ्जालमा विक्की र कट्रिनाको बेडरुमको तस्विरले धमाका मच्चाइरहेको छ। यी तस्बिरहरु विक्की स्वयमले आफ्नो इन्स्टा स्टोरीमा शेयर गरेका छन्।
तस्बिरमा देख्न सक्नुहुन्छ कि कट्रिनाले विक्कीको मन जित्न स्वादिष्ट खाना बनाएकी छिन्। बेडमा तीन प्लेट खानेकुरा देख्न सक्नुहुन्छ। साथै एक ड्रिंक पनि राखिएको छ। उक्त पललाई अझ रोमान्टिक बनाउन कट्रिनाले टिभीमा एक हलिउड फिल्म प्ले गरेकी छिन्। यो फोटो शेयर गर्दै विक्कीले क्याप्सनमा लेखेका छन् – ‘पोस्ट प्याकअप प्याम्पर’