काठमाडौँ : ज्योतिष शास्त्रका अनुसार कुण्डलीको शुभ योग, दोष र भावको विशेष महत्व छ। कुण्डलीमा कुनै पनि योग ग्रह र भावको मिलनबाट बन्छ। कुण्डलीको भावमा ग्रहको शुभ स्थितिबाट शुभ योग बन्छ भने अशुभ ग्रहको कारण कुण्डलीमा अशुभ योग बन्छ। ज्योतिष शास्त्रमा थुप्रै योगहरुका बारेमा बताईएको छ तर तीमध्ये केहीलाई निकै शुभ मानिन्छ। तीमध्ये एक हो अखण्ड साम्राज्य योग। अखण्ड साम्राज्य योगको बारेमा जान्नुहोस्।
अखण्ड साम्राज्य योग
अखण्ड साम्राज्य योग धेरै शुभ हुन्छ। यो योगको कारणले व्यक्तिले धन-दौलत र सुख-समृद्धि प्राप्त गर्दछन्। कुण्डलीमा यो योग हुने व्यक्तिलाई भाग्यले पूरा साथ दिन्छ। गरिब परिवारमा जन्मिए पनि माता लक्ष्मीको कृपाले रातारात उन्नति गर्नेछन्। यसबाहेक, यो योगको कारण व्यक्तिले जीवनमा हरेकखाले आनन्द लिन्छन्। अखण्ड साम्राज्य योग भएका व्यक्तिहरु सफल एवं प्रभावशाली राजनेता पनि बन्छन्। यो योगको प्रभाव ७५ वर्षको उमेरसम्म रहन्छ।
कसरी बन्छ अखण्ड साम्राज्य योग ?
ज्योतिष शास्त्रका अनुसार वृष, सिंह, वृश्चिक र कुम्भ लग्नको कुण्डलीमा अखण्ड साम्राज्य योग बन्छ। कुण्डलीमा बृहस्पति दोस्रो, पाँचौं या एघारौँ भावको स्वामी हुँदा यो योगको निर्माण हुन्छ। यसबाहेक कुण्डलीको दोस्रो, नवौं र एघारौँ भावमा चन्द्रमा बृहस्पतिसँग बलियो स्थितिमा छ भने अखण्ड साम्राज्य योग बन्छ। साथै कुण्डलीको दोस्रो, दशौँ र एघारौँ भावको स्वामी ग्रहसँग केन्द्रमा हुँदा यो दुर्लभ योग बन्ने गर्छ।
अखण्ड साम्राज्य योगको लाभ
कुण्डलीमा अखण्ड साम्राज्य योग बनेको व्यक्तिलाई जीवनभर धनको कहिल्यै कमी हुँदैन्। यस्ता व्यक्तिले पिताको सम्पत्तिमा पूर्ण अधिकार प्राप्त गर्दछन्। यो योगको प्रभावले व्यक्तिले करियर र व्यापारमा अपार सफलता हासिल गर्दछन्। यो योगको प्रभावले व्यक्तिले जीवनमा सबै प्रकारका सुख-सुविधा प्राप्त गर्दछन्।