धनकी देवी लक्ष्मीको कृपा प्राप्त गर्नको लागी मानिस हरुले अनेक उपाय अपनाउने गर्दछन् । यस मध्य केही यस्ता उपायहरु छन् जसको प्रभावको कारण छिट्टै माता लक्ष्मीलाई प्रसन्न पार्न सकिन्छ, त्यो हो उनको मन्त्रहरूको जप। यी मन्त्रको जप गर्नाले धन र अन्नको कमी नहुने जनविश्वास रहेको छ ।
माता लक्ष्मीलाई हिन्दू धर्ममा धनकी देवी मानिन्छ। यिनको पूजा गर्नाले सबै भौतिक सुख प्राप्त हुने जनविश्वास रहेको छ । भनिन्छ, लक्ष्मीको कृपा भएका मानिसलाई जीवनमा आर्थिक समस्या हुँदैन । यी मन्त्रहरू बिहान वा बेलुका कुनै पनि समयमा जप गर्न सकिन्छ। विशेष गरेर यी मन्त्रलाई बिहानको समयमा जप, पाठ गरेको राम्रो हुनेछ ।
हरेक दिन बिहान उठ्ने बित्तिकै ‘कराग्रे वसति लक्ष्मी: कर मध्ये सरस्वती। कर मूले तू गोविंदा, प्रभाते कर दर्शनम। यस मन्त्रलाई हरेक बिहान आफ्नो बिस्तारामा बसेर पनि गर्न सकिन्छ । यस मन्त्रको उच्चारणले धन धन्यको कमी नहुने मान्यता रहेको छ । ॐ लक्ष्मी नमः यो मन्त्र जप गर्दा घारमा सधैँ माता लक्ष्मीको वास हुने मान्यता रहेको छ ।
ॐ श्री ह्रीं क्लीम श्री सिद्ध लक्ष्मीयै नमः यस मन्त्रको जप गर्नाले व्यक्तिको सबै मनोकामना पुरा हुने मान्यता रहेको छ ।