अर्को जन्ममा पुरुष बन्नुहुनेछ या महिला, यसरी हुन्छ तय !

धेरै मानिसलाई अर्को र अघिल्लो जन्मको बारेमा जान्न उत्सुकता हुन्छ। धर्म पुराणमा पनि यसबारेमा थाहा पाउने केही उपायको बारेमा बताइएका छ । महापुराण गरुड, पुराणको अनुसार यसमा मानिसको हरेक कर्मको लेखाजोखाको बारेमा दिइएको छ । जसले उसको पाप र पुण्य मात्र निर्धारण गर्दैछ । मृत्यु पछि प्राप्त हुने सजाय र अर्को जन्मको योनीको बारेमा पनि बताउँछ।

सामान्यतया मानिसको मनमा अर्को जन्म कुन योनीमा हुने हो भन्ने जिज्ञासा हुन्छ । अर्थात् मानिस बन्ने होस् या पशु, कीरा ? यदि मानव बनेमा भने नारी भएर जन्मने छौ कि पुरुष भएर। भनेर गरुड पुराणमा भनिएको छ ।

यदि कुनै पनि पुरुष प्रायः महिला जस्तै व्यवहार गर्दछ। महिलाले गर्नु पर्ने यस्तो व्यवहार गर्यो भने त्यस पुरुषको आत्माले अर्को जन्ममा नारी भएर जन्म लिन्छ। त्यस्तै कुनै पनि मानिसको कर्म अनुसार स्वर्ग र नर्कको तय गरिन्छ त्यसरी नै कोही पुरुषको मृत्युको समयमा नारीसँग लगाव हुन्छ भने अर्को जन्ममा महिलाको रूपमा जन्मिन्छ। तसर्थ,

धर्म पुराणहरूमा मृत्युको समयमा भगवानको नाम जप गर्न सल्लाह दिइएको छ, ताकि व्यक्ति यस जन्म मृत्युको चक्रबाट बाहिर आएर भगवानको चरणमा स्थान पाउन सकून्।

यति मात्र होइन महिला होस् वा पुरुषले पशुको जस्तै व्यवहार गर्छ भने अर्को जन्ममा पशुकै रूपमा जन्मिन्छ। पशुवादी व्यवहार भन्नाले जनावरले उपभोग गर्ने जस्ता चीजहरू उपभोग गर्नु वा जनावरले जस्तै व्यवहार गर्नु हो।

प्रकाशित : मङ्गलबार, माघ ०४, २०७८१७:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यहीँ शनिवार भाग्य बढाउने ‘गुरु’ अस्ताउँदै, तपाई कङ्गाल बन्नुहुनेछ या मालामाल ? १२ वटै राशिमा पर्नेछ प्रभाव