काठमाडौँ : ज्योतिष शास्त्रमा बृहस्पति ग्रहलाई गुरु पनि भनिन्छ। ज्योतिषमा गुरुलाई सबैभन्दा शुभ ग्रह मानिन्छ किनकी यसले शुभ फल बढाउँछ। यदि कुण्डलीमा गुरुको स्थिति राम्रो छ भने व्यक्तिलाई भाग्यले हरेक काममा साथ दिन्छ। तिनले खुब सफलता र खुशी पाउँछ। जबकि कुण्डलीमा गुरुको स्थिति कमजोर भएमा दुख र सङ्घर्ष निम्त्याउँछ। गुरु यहीँ शनिबार फागुन ७ गते(१९ फेब्रुअरी २०२२) मा कुम्भ राशिमा अस्त हुँदै छ र चैत्र ६ गते(२० मार्च २०२२) सम्म यहीँ स्थितिमा रहनेछ। यसको प्रभाव सबै राशिमा पर्नेछ।
यी राशिका लागि धेरै शुभ हुन्छ
गुरुको स्थिति आउने यो परिवर्तन ८ राशिका जातकका लागि निकै शुभ हुन्छ। अस्त गुरुले पनि यिनको भाग्य चम्काएर धेरै लाभ दिनेछन्। बृहस्पति अस्ताउँदा मेष, वृष, मिथुन, सिंह, तुला, धनु, मकर र कुम्भ राशिका लागि निकै लाभदायी साबित हुनेछ। बिग्रिएका या रोकिएका कामहरुले पूर्णता पाउनेछ। यी राशिका जातकले हरेक काममा सफलता पाउनेछन्। धन लाभ हुनेछ। करियर-व्यवसायमा धेरै उपलब्धी हासिल गर्नुहुनेछ। केही शुभ कार्य पनि हुन् सक्छ, जसले भविष्यमा ठुलो लाभ दिनेछ। समग्रमा गुरुको कृपाले यी राशिका जातकमा माता लक्ष्मी दयालु बन्नेछिन् र धेरै सुख-समृद्धि दिनुहुनेछ।
बृहस्पतिको स्थितिमा भएको यो परिवर्तन कन्या, वृश्चिक र मीन राशिका जातकलाई अशुभ फल दिनेछ। यी राशिका जातकले यस अवधिमा धेरै नोक्सान व्होर्नुपर्नेछ। शत्रुहरुले आक्रमण गरी हानि पुर्याउनेछन्। कुनै विवादमा फस्न सक्नुहुन्छ। यस समयावधिमा विशेष सावधानी अपनाउनुहोला। यद्यपि कर्कट राशिका जातकमा भने गुरुको अस्तको प्रभाव औसत रहनेछ।