आजको समयमा धनको कामना सबै मानिस गर्दछन् । परिश्रमका साथ-साथै मानिसहरु जीवनमा धनको कमी नहोस् भनेर मात लक्ष्मीको पूजा, पाठ पनि गर्छन् । आचार्य चाणक्यले पनि यस कुरामा भनेका छन् की प्रत्येक व्यक्तिले धन सम्पत्ति संचय गर्नु पर्दछ । चाणक्यको विश्वास छ कि समयले सबैलाई कुनै पनि समयमा अप्ठ्यारोमा पार्न सक्छ । तर पैसाले धेरै खराब समयमा पनि साथ दिन्छ।
चाणक्यको नीति अनुसार लक्ष्मीको कृपा बिना घरमा धनको आगमन हुन सक्दैन ।आचार्य चाणक्यका अनुसार यसरी गर्न सकिन्छ माता लक्ष्मीलाई प्रसन्न….
-आचार्य चाणक्यका अनुसार सधैँ घरको सर-सफाईमा ध्यान दिएमा मात्रै घरमा माता लक्ष्मीको वास हुन्छ । यसका साथै घरमा खुसी र शान्त वातावरण बनाइराख्नु पर्छ किनभने जुन घरमा झगडा हुन्छ त्यहाँ माता लक्ष्मीको वास हुँदैन । साथै जहाँ पति-पत्नीबीच गहिरो प्रेम हुन्छ, त्यहाँ माता लक्ष्मीको वास हुन्छ।
– चाणक्य नीति अनुसार लक्ष्मी माताको कृपा प्राप्त गर्न परिवारका हरेक सदस्यको बोलीमा मिठास हुनु आवश्यक छ । तीतो शब्द बोल्नेमा माता लक्ष्मीको कृपा कहिल्यै हुँदैन। यसका साथै कार्यस्थलमा पनि मानिसहरूसँग राम्रो सम्बन्ध कायम राख्नुपर्छ। जसको प्रभावको कारण जीवनमा चाँडै सफलता प्राप्त हुन्छ ।
-आचार्य चाणक्यले दुखी, असक्तलाई दान गर्नुलाई विशेष महत्त्व दिएका छन् । चाणक्यका अनुसार मानिसले जीवनमा परोपकारी कार्य गरिरहनुपर्छ । दान गर्नेलाई माता लक्ष्मीले आशिर्वाद प्राप्त हुन्छ । यसका साथै सामाजिक कार्य गर्नेहरूमाथि पनि माता लक्ष्मीको विशेष कृपा हुन्छ।