आजबाट बुध ग्रह अस्त हुँदै, यी ५ राशिलाई अबको ११ दिन निकै अशुभ हुने !

वैदिक ज्योतिषमा, ग्रहको राशि परिवर्तन, यसको चाल परिवर्तन देखि यसको अस्त र उदय सम्म धेरै महत्व रहेको छ। यी परिवर्तनहरूमध्ये केही शुभ र केही अशुभ हुन्छन्। आज अर्थात १८ जनवरी २०२२ देखि व्यापारको देवता बुध अस्ताउन लागेका छन्। बुधको अस्त ५ राशिका मानिसका लागि निकै पीडादायी साबित हुनसक्छ। जनवरी २९ मा बुध ग्रहको उदय हुनेछ र तबसम्म यसले यी राशिका व्यक्तिहरूलाई हानी गरिरहनेछ।

मेष राशि

मेष राशिका व्यक्तिहरूले करियरमा सजग रहनुपर्छ। तपाईंले यो समयमा आफ्नो जीवन समस्याले घेरिएको महसुस गर्नुहुनेछ। सञ्चारमा समस्या आउनेछ। कागजी कार्य निकै सावधानीका साथ गर्नुहोस्।

मिथुन राशि

मिथुन राशिका मानिसहरुलाई यो समयले स्वास्थ्य सम्बन्धि समस्या दिनेछ। यो ११ दिन यी मानिसहरुलाई छालाको समस्याले सताउन सक्छ, सजग रहनुहोला।

कर्कट राशि

कर्कट राशिका व्यक्तिहरूले पनि कठिनाइको सामना गर्नुपर्नेछ। बन्दै गरेको काम पनि बिग्रन सक्छ, सावधानीका साथ अघि बढ्नुहोला। यस्तो बेला धैर्यका साथ काम गर्नु राम्रो हुन्छ।

मकर राशि

मकर राशिका व्यक्तिहरूले व्यापारमा कठिनाइको सामना गर्नुपर्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। आर्थिक लेनदेन सावधानीपूर्वक गर्नुहोस्, अन्यथा नोक्सान हुने सम्भावना उच्च रहेको छ।

कुम्भ राशि

कुम्भ राशीका विद्यार्थीहरूले अपेक्षित सफलता प्राप्त गर्नेछैनन्। जति सक्दो कडा मेहनत गर्नु नै सफलताको एक मात्र मन्त्र हुनेछ। यो समयमा यी मानिस अन्योलमा रहनेछन्।

प्रकाशित : मङ्गलबार, माघ ०४, २०७८१७:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि तपाईको दिन शुभ-अशुभ कस्तो रहला ? दैनिक भविष्यफलको यस्तो छ भविष्यवाणी