भोलि माघ ५ गतेको पञ्चाङ्ग : –
•• दिन – बुधवार•• नक्षत्र – अश्लेषा , ३२:०३ बजे उप्रान्त मघा •• तिथि – द्वितिय , ३१:१५ बजे उप्रान्त तृतीया •• करण – तैतिल १८:४९ बजेदेखि गर , ३१:१५ बजे उप्रान्त भद्रा •• योग – प्रीति , १६:१७ बजे उप्रान्त आयुष्मान् •• माघ ०५, २०७८, बुधवार •• 19 January, 2022 •• द्वितीया, माघ कृष्णपक्ष •• पोहेलाथ्व, ११४२ ने.सं. •• सूर्योदय(sunrise) – ६:५७ •• सूर्यास्त(sunrise) – १७:३२ ••
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
तपाईको दिन अनुकुल छ। स्वस्थ तन-मनबाट सबै कार्य गर्न सक्नुहुन्छ। लक्ष्मी माताको कृपा रहनेछ। पारिवारिक सदस्यसँग आनन्दमय समय बिताउनुहुनेछ। मित्र एवम् आफन्तसँग भेट हुनाले घरमा खुशीको वातावरण रहनेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
तपाईले दिन सावधानीपुर्वक बिताउनुहुनेछ। तपाईको मनमा अनेक प्रकारको चिन्ता रहला। स्वास्थ्य बिग्रन सक्ला। आत्मजन एवम परिवारसँग विरोध हुनेछ। अनावश्यक खर्च हुन सक्छ। दुर्घटनाबाट सावधान रहनुहोला।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
तपाईको लागि दिन लाभदायक छ। अविवाहितले योग्य जीवनसाथी प्राप्त गर्नेछन्। धन प्राप्तिको लागि शुभ दिन छ। मित्रसँग भेट होला। सन्तानको तर्फबाट समाचार मिल्नेछ। श्रीमती र छोराबाट लाभ प्राप्त गर्नुहुन्छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
तपाई धार्मिक कार्य , पुजापाठ आदिमा व्यस्त रहनुहुन्छ। धार्मिक स्थानमा जाँदा आनन्द महसुस होला। परिवारसँग आनन्दपुर्वक समय बिताउनुहुन्छ। मन चिन्ता रहित रहला। आकस्मिक धन लाभ होला। तपाईको भाग्य परिवर्तन हुने योग छ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
विपरीत संयोगलाई प्रतिकार गर्नुपर्नेछ। स्वास्थ्य प्रति ध्यान दिनुहुन्छ। स्वास्थ्य खराब हुँदा आकस्मिक खर्च होला। अनैतिक कार्यबाट टाढा रहनुहोला। परिवारसँग ध्यानपुर्वक व्यवहार गर्नुहोला। ईश्वर-स्मरण तथा आध्यात्मिकताले शान्ति प्रदान गर्नेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
सामाजिक तथा अन्य क्षेत्रमा प्रसिद्दि वा सम्मान प्राप्त होला। सुन्दर कपडा खरिद गर्नुहुन्छ। श्रीमान-श्रीमतीबीच झगडा हुन सक्ला। सवारी सुख प्राप्त गर्नुहुन्छ। सहकर्मीको सहयोग प्राप्त होला।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
तपाईको घरमा सुख-शान्तिको वातावरण रहनाले प्रसन्न अनुभव होला। कार्यालयमा सहकर्मीको सहयोग प्राप्त होला। आमा-बुबाको तर्फबाट लाभ होला। कार्यमा प्रसिद्दि प्राप्त होला।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
तपाईको दिन मध्यम फलदायी रहला। विधार्थीले अभ्यासमा सफलता प्राप्त गर्नेछन्। नयाँ कार्यको प्रारम्भ नगर्नुहोला। आर्थिक आयोजनको लागि अनुकुल दिन छ। लगानी सकेसम्म नगर्नुहोला।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
तपाईको दिन मनमा उदासीनता छाएर बित्नेछ। शरीरमा उर्जाको कमी रहला। परिवारसँग तनावको प्रसंग बन्नाले वातावरण कलुषित रहला। तपाईको स्वाभिमान भंग नहोस यस कुराको ध्यान राख्नुहोला। धन हानिको योग छ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
तपाईको दिन नयाँ कार्य आरम्भ गर्नको लागि शुभ दिन छ। पेसा,व्यापार तथा दैनिक कार्यमा अनुकुल परिस्थिति रहनाले मन प्रसन्न रहनेछ। आर्थिक लाभ तथा सहयोग प्राप्त हुनेछ। आर्थिक लाभको योग छ। विधार्थीले आफ्नो अभ्यास सरलतापुर्वक गर्न सक्नुहुन्छ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
कसैसँग अधिक विवाद नगर्नुहोला। धार्मिक कार्यमा खर्च हुन सक्छ। पारिवारिक वातावरण बिग्रन सक्छ। कार्यमा असफलता प्राप्त हुँदा मन असन्तोष रहला। स्वास्थ्य प्रति ध्यान दिनुहोला।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
तपाईको दिन शुभ फलदायी छ। नयाँ कामको प्रारम्भको लागि दिन शुभ छ। धन लाभ हुनेछ। अधिक खर्च नगर्नुहोला। धार्मिक कार्य तथा यात्रा हुने योग छ। कार्य सफलता मिल्नेछ। परिवारको सदस्यसँग ताथ मित्रसँग भोजनको अवसर प्राप्त होला।