सबै कुरा हासिल गर्नकै लागि जन्मेका हुन्छन् यी ३ बार जन्मेका मानिस

हरेक मानिसको स्वभाव, आचरण फरक-फरक हुन्छ । त्यसतै मानिस अनुसार भविष्यको योजना पनि फरक फरक हुने गर्दछ । भने कोही मानिस जिन्दगीमा निकै सफल हुन्छन् भने केही मानिस निकै प्रयास गर्दा पनि सफल हुन निकै मुस्किल हुने गर्दछ । आज हामी यस पोस्ट मार्फत यी बार जन्मेका भाग्यमानी राशिको बारेमा बताउने छौँ ।

सोमबार

सोमबार जन्मेका मानिस शारीरिक तथा मानसीक दुवै रुपमा तेज हुने गर्दछन् । यस दिन जन्मेका मानिस कुनै काम गर्ने योजन बनाउँछन् भने यसलाई पुरा गरेर छोड्ने स्वभावका हुन्छन् । यस बार जन्मेका मानिसको सकारात्मक सोच हुनुको साथै बुद्धिमानी हुन्छन् । यस दिन जन्मेका महिला निकै मिठो बाल्ने स्वभावक हुन्छन् भने यस दिन जन्मेका पुरुष अलि कठोर बोली भएका हुन्छन् ।

मंगलबार

मंगलबार जन्मेका मानिस हरेक कुरालाई गम्भीरता पूर्वक लिने गर्दछन् । यस दिन जन्मेका मानिस कलात्मक कार्यमा बढी रुचि राख्ने गर्दछन् । स्वभावमा यस दिन जन्मेका मानिस शान्त स्वभावका हुन्छन् । परिवार र सन्तानको निकै ख्याल राख्ने स्वभावका हुन्छन् । यस दिन जन्मेका मानिस व्यापार व्यवसायमा ठुलो सफलता हासिल गर्दछन् ।

बिहीबार

बिहीबार जन्मेका मानिस केही कठोर स्वभावका हुन्छन् तर मनको निकै सफा हुन्छन् । यस दिन जन्मेका मानिस प्राविधिक क्षेत्रमा ठुलो सफलता हासिल गर्छन् । यस दिन जन्मेका मानिस विश्वासको पात्र बन्ने गर्दछन् । यस दिन जन्मेका मानिस खर्चालु हुने गर्दछन् । तर यस दिन जन्मेका मानिसले आम्दानीको विभिन्न श्रोत हात पर्ने गर्दछन् ।

प्रकाशित : मङ्गलबार, माघ ०४, २०७८१६:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता मानिसमा माता लक्ष्मीको विशेष कृपा हुन्छ, जसले गर्छ यस्ता कार्य !