नेपाल आयल निगम: निरन्तर घाटाको कारण सञ्चित रकम सकियो, अब तेल खरिद गर्न ऋण चाहिन्छ !

तेलमा भएको निरन्तर घाटाको कारण सञ्चित रकम सकिएको नेपाल आयल निगमले जनाएको छ । नेपाल आयल निगमको अनुसार अब नेपाल आयल निगमलाई तेल खरिद गर्नाको लागि ऋण लिन पर्ने बताएको छ । निगमका अनुसार अहिलेसम्म भएको निगमको बचत रकम सकिएको र अबको ५ दिनपछि भारतीय आयल कर्पोरेसनलाई भुक्तानिको लागि करिब २ अर्ब रुपैयाँ अपुग हुने बताएको छ ।

निगमका अनुसार ‘आउँदा दिनहरुमा केही मूल्य समायोजन गरिएता पनि महिनाको करिब ४ अर्ब रुपैयाँ घाटा रहिरहने देखिएको हुँदा आगामी ३ महिनासम्मका लागि देशभर पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाइ राख्न हालको खरिद मूल्यअनुसार निगमलाई १२ अर्ब रुपैयाँको आवश्कता देखिन्छ ।’

निगमले माघ २ गते भारतबाट आएको नयाँ मूल्य सुची अनुसार निगमलाई आगामी १५ दिनमा २ अर्ब २४ करोड घाटा हुन् स्थिति देखिएको छ । त्यसतै पेट्रोलमा १३.१५, डिजेलमा ८.८१ मट्टीतेलमा २०.५०,जवाई इन्धनमा १४.७३, ट एल पी ग्यासमा ६४६.१६ घाटा हुने स्थिति देखेको छ ।

प्रकाशित : मङ्गलबार, माघ ०४, २०७८१५:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

किसानले पाउने दूधको मूल्यमा साढे ६ रुपैयाँले वृद्धि