ग्रहचक्रमा पापी ग्रह शनिको ठूलो हलचल, यी राशिको जीवनमा आउनेछ अनेक समस्या

शनिको राशि परिवर्तन हुँदैछ। शनिदेव अप्रिल २९ मा मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्नेछन्। शनिदेव साढे दुई वर्ष कुम्भ राशिमा बस्नेछन्। तर यसअघि शनिदेव ३३ दिन अस्ताउन लागेका छन्। २२ जनवरीमा शनिदेवको अस्त भईसकेको छ । यसपछि २२ फेब्रुअरीमा शनिको उदय हुनेछ। ज्योतिष शास्त्रका अनुसार शनि-अस्तको सबै राशिमा विशेष प्रभाव रहनेछ। तर शनि ग्रहले केही राशिहरूमा विशेष प्रभाव पार्नेछ। जान्नुहोस् ती राशिका बारेमा..

मिथुन राशि

यो राशिका मानिसका लागि शनिदेवको अस्ताउनु पीडादायी साबित हुनेछ। काममा लगातार असफलताले मन अशान्त रहनेछ। यस समय मिथुन राशिमा शनिको ढैय्या चलिरहेको छ। यस्तो अवस्थामा स्वास्थ्य सम्बन्धि समस्याको सामना गर्नुपर्ने हुन सक्छ। अत्याधिक धन खर्चका कारण जीवनसाथीसँग मनमुटाब हुनेछ। यसबाहेक काममा समस्या आउन सक्छ। साथै व्यापार व्यवसायमा पनि आर्थिक हानि हुनसक्छ।

कर्कट राशि

शनिको अस्ताएको कारण यस राशिका मानिसलाई कठिनाइले घेर्न सक्छ। काममा मानसिक तनावको सामना गर्नुपर्नेछ। कार्यस्थलमा उच्च अधिकारीहरूसँग विवाद हुन सक्छ। धन हानि पनि हुन सक्छ। काममा लापरवाहीले गर्नाले गम्भीर परिणाम निम्त्याउनेछ।

कन्या राशि

शनि अस्ताउँदा ३३ दिनसम्म जीवनमा नकारात्मक प्रभाव देखिनेछ। काममा मन स्थिर रहनेछैन। जसका कारण रोजगारीमा पनि समस्या आउन सक्छ। मिहिनेतको अनुकुल नतिजा नपाउँदा मन दुखी रहनेछ। बुवासँग मनमुटाबका कारण परिवारमा अ नकारात्मक वातावरण रहनेछ। यसबाहेक काममा पनि समस्या आउनेछ।

तुला राशि

शनि ग्रहको सबैभन्दा नराम्रो प्रभाव यस राशिका व्यक्तिहरूमा पर्नेछ। अनावश्यक विवाद हुन सक्छ। कानुनी विवादमा फस्न सकिनेछ, सजग रहनुहोला। जसका कारण मानसिक समस्या उत्पन्न हुनेछ। कार्यस्थलमा उच्च अधिकारीसँग मनमुटाब हुनेछ। जसको असर काममा पर्नेछ।

प्रकाशित : मङ्गलबार, माघ ०४, २०७८१४:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजबाट बुध ग्रह अस्त हुँदै, यी ५ राशिलाई अबको ११ दिन निकै अशुभ हुने !