एजेन्सी : बलिउड अभिनेता विक्की कौशललाई अहिले नचिन्ने मान्छे शायद विरलै होलान्। उनले आफ्नो अभिनयको दममा बलिउड इन्डस्ट्रीमा आफ्नो विशेष स्थान बनाएका छन्। उनले कैयन् फिल्महरुमा आफ्नो अभिनय कौशलता देखाईसकेका छन्। यसैबीच विक्की कौशलको १३ वर्ष पुरानो भिडियो भाईरल भईरहेको छ, जसमा उनलाई एकै नजरमा चिन्न गाह्रो हुनेछ। उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ।
भिडियो हेरेर विक्की पहिल्यैदेखि अभिनयमा कत्तिको गम्भीर थिए भन्ने अनुमान लगाउन सकिन्छ। भिडियोमा विक्की कौशल निकै दुब्लो-पातलो देखिएका छन्। उनीसँगै ‘ये हैं मोहब्बतें’ मा सिम्मीको भूमिका निभाएकी अभिनेत्री शिरिन मिर्जा पनि देखिएकी छिन्। दुवैजना सँगै एउटै एक्टिङ स्कुलमा अध्ययन गर्थे। भिडियोमा विक्की र शिरीन अभिनय गरिरहेको देख्न सकिन्छ।
यो भिडियो खासमा शिरीन मिर्जाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरेकी छिन्। शिरीनले हालै इन्स्टाग्राममा ‘आस्क मि एनिथिङ‘ सेसन राखेकी थिईन्। यसैक्रममा एक युजरले विक्की कौशलसँगको उनको भिडियो शेयर गर्न आग्रह गरे। शिरीनले विक्की कौशलसँग माफी माग्दै थ्रोब्याक भिडियो शेयर गरिन्। शिरीनले क्याप्सनमा लेखेकी छिन् – ‘गुड ओल्ड एक्टिङ स्कुल डे २००९’ । यो भिडियोलाई इन्टरनेटमा असाध्यै मन पराईएको छ।
विक्की कौशलले प्रमुख भूमिका निभाउनु अघि धेरै फिल्महरुमा साना-तिना भूमिका निभाएका थिए। उनी फिल्म ‘लव शव ते चिकन खुराना’ फिल्ममा कुणाल कपूरको योङ्ग भर्जनमा देखिएका थिए। त्यसपछि ‘बम्बे भेल्भेट’ मा उनले केके मेननको असिस्टेन्टको भूमिका निभाएका थिए। त्यसपछि उनले फिल्म ‘मसान’ मा प्रमुख भूमिका निभाउने अवसर पाए, जसमा उनको अभिनयले फ्यानको मन जित्यो। सन् २०१६ मा विक्की कौशलको प्रमुख भूमिकामा बनेको फिल्म ‘उरी : द सर्जिकल स्ट्राइक’ रिलिज भएको थियो, जसबाट उनले बेस्ट एक्टरको नेशनल अवार्ड पाएका थिए।
भिडियो यहाँ हेर्नुहोस् : –
View this post on Instagram