एजेन्सी- बलिउड अभिनेत्री दिशा पटानी प्रायः आफ्नो अभिनय भन्दा पनि उनले लगाएको पोशाकको कारण सामाजिक सञ्जालमा चर्चामा हुन्छिन् । बलिउड फिल्म हरुमा देखिरहे पनि अभिनयको कारण खासै चर्चामा आउन नसकेकी अभिनेत्री सामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीरको कारण निकै चर्चामा आउने गरेकी छिन् । अहिले नायिका आफ्नो एक पोस्टका कारण चर्चामा छिन् ।
हालै दिशाले आफ्नो इन्स्टाग्राम खातामा केही तस्वीर सार्वजनिक गरेकी छिन् । तस्वीरमा अभिनेत्री समुन्द्र किनारमा निकै सुन्दर देखिएकी छिन् । अभिनेत्रीको तस्वीरलाई पछाडिबाट क्लिक गरिएको छ । बिकिनीमा उनको यो ह:-ट अवतारले फ्यानलाई मोहित बनाएको छ । यस क्रममा दिशाले परफे-क्ट बडी प्रदर्शन गरिरहेकी छिन् ।
दिशा चाँडै मोहित सुरीको ‘एक भिलेन रिटर्न्स’ मा अभिनेता जोन अब्राहम, अर्जुन कपूरसँग देखिनेछिन्। यो ‘एक भिलेन: देअर इज वन इन एवरी लभ स्टोरी’ को सिक्वेल हो, जसमा सिद्धार्थ मल्होत्रा, रितेश देशमुख र श्रद्धा कपूरले अभिनय गरेका थिए।
अहिले अभिनेत्री दिशाले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीरमा फ्यान हरुले लगातार लाइक तथा कमेन्ट गरिरहेका छन् ।