करोडौँको खर्च साथै ठुला-ठुला सुपर स्टारको सहभागितामा भएको थियो धनुष र रजनीकान्तकी छोरी ऐश्वर्या विवाह!

एजेन्सी- भारतको साउथ अभिनेता धनुष र सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्त १८ वर्षपछि एक अर्कोबाट छुट्टिएका छन् । धनुषले आफ्नो वैवाहिक सम्बन्ध छुटेको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका थिए । अभिनेता धनुषले सामाजिक सञ्जालमा सम्बन्ध विच्छेदको भएको जानकारी दिँदै उनीहरुको निर्णयको सम्मान गर्न र गोपनीयताको सम्मान गर्न भनेका छन् ।

धनुष र रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तको कुनै समयमा प्रेम चर्चा निकै भएको थियो र अन्तत: उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । दुवैले सन २००४ नोभेम्बर १८ मा रजनीकान्तको घरमा निकै धूमधामका साथ विवाह गरेका थिए । परम्परागत तमिल रीतिरिवाज अनुसार विवाह भएको थियो ।

यी दुईको बिहेमा सहभागी हुन अमिताभ बच्चन, जया बच्चन, हेमा मालिनीलगायतका धेरै स्टार पुगेका थिए । करोडौँ रुपैयाँ खर्च गरेर यो बिहे निकै भव्य रुपमा गरिएको हो । धनुषले ऐश्वर्यासँग विवाह गर्दा उनी २१ वर्षका थिए भने ऐश्वर्या २३ वर्षकी थिइन् । धनुष पनि २३ वर्षको उमेर नपुग्दै विवाह गर्न चाहन्थे । दुवै २ सन्तानका अभिभावक हुन् । विवाहपछि उनीहरु सुखी जीवन बिताइरहेका थिए तर अहिले उनीहरुको बाटो छुट्टिएको छ ।

प्रकाशित : मङ्गलबार, माघ ०४, २०७८१२:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनयमा खासै प्रभाव पार्न नसके पनि अङ्ग प्रदर्शन गर्न अग्रस्थानमा छिन् दिशा, सार्वजनिक गरिन् यस्ता तस्वीर